तनहुँको बन्दीपुर गाउँपालिका कार्यालय, बन्दिपुर अस्पताल र इलाका प्रहरी कार्यालयसमेत मंगलबारबाट २ हप्ताका लागि सिल गरिएको छ ।
सोमबार भएको गाउँपालिकाको आपत्कालीन बैठकले यस्तो निर्णय गरेको हो । डाक्टर, सुरक्षाकर्मीसहित एकै दिन ११ जनामा सोमबार कोरोना पुष्टि भएको थियो ।
तीमध्ये डाक्टरसहित २ स्वास्थ्यकर्मी, १ सुरक्षाकर्मी र क्वारेन्टिनमा रहेका ८ जनामा संक्रमण भएको हो । गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले अस्पतालका सबै कर्मचारी र प्रहरी चौकीका सबैको स्वाब जाँच गर्नुपर्ने बताए ।
बजेट भने बुधबार औपचारिकताका लागि सार्वजनिक गरिने अध्यक्ष थापाले बताए ।




