राष्ट्रपति र प्रधानमन्त्रीलाई अश्लिल गाली गर्नेलाई साइबर क्राइम मुद्दा

कास्कीको पुरञ्चौरका दुर्गादत्त बास्तोला पक्राउ परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले फेसबुकका अश्लील टिप्पणी गरेका थिए ।

बास्तोलालाई सोमबार दिउँसो उनको घरबाटै पक्राउ गरी कारवाही अघि बढाइएको कास्कीका प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठले नेपालदुतलाई बताए । उनीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएको छ ।

नेपाली कांग्रेसका कार्यकर्ता बास्तोला गएको स्थानीय निर्वाचनमा उम्मेदवारसमेत थिए ।