गण्डकी सेरोफेरो

मुस्ताङमा कमिलाको ताँती जस्ता गाडी

बिगत २ दिनअघि देखि हिमालपारी मुस्ताङको रुटमा कमिलाका ताँती जस्तै सवारी साधनको लस्कर देखिन्छ । चैते दशै औशी तिथि पारेर श्राद्ध गर्न आउने तिर्थाल सवारी सवारीले बेनी देखि मुक्तिनाथ सम्मको सडक व्यस्त देखिएको हो । ठाउँ ठाउँमा सडक जामले रोकिदाँ पनि सडकमा यस्तो सवारीको लस्कर देखिन पुगेको हो ।बेनी देखि जोमसोम सम्म सवारी सडक समय तालिका निर्धारण गरिएको छ ।जसका कारण मुस्ताङ गन्तब्य साविक भन्दा बढी समय लाग्ने भएको हो… पुरा पढौ

बच्चा जन्माएर अविवाहित किशोरीले गरिन् आत्महत्या

स्याङ्जामा २२ बर्षीया युवतीले शिशु जन्माएर आत्म हत्या गरेकी छिन् । भीरकोट नगरपालिका-७ की  स्नेहा अधिकारीले शिशुलाई जन्म दिएर सलको पासो लगाएर आत्महत्या गरेकी हुन् ।  शिशु जन्माएर घर नजिकै बारीमा फालेर उनी आत्महत्या गरेकी हुन् । स्थानीय गम्बर बहादुर अधिकारीको बारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले छिमेकी बेगबहादुर अधिकारीको मल खाडलमा सालनाल भेटाएको थियो । स्नेहाले अवैध सम्बन्धबाट बच्चा जन्माएर गाडेको र आफूले… पुरा पढौ

सौरु बिद्यालयलाई गण्डकी बिकास बैङ्कको आर्थिक सहयोग

गतवर्षको बाढिपहिरोको चपेटामा परेको थासाङ २ सौरुको सौरु आधारभुत बिद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराईएको छ ।बुधबार गण्डकी बिकास बैङ्क जोमसोमका प्रतिनिधि टोलीले बिद्यालयलाई नगद ४५ हजार आर्थिक सहयोग गरेका हुन् । राहत हस्तान्तरण कार्यक्रममा गण्डकी बिकास बैङ्कका शाखा प्रवन्धक महेश थकालीले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोजन हिराचनलाई नगद हस्तान्तरण गरेका हुन् ।सो अवसरमा बोल्दै शाखा प्रमुख थकालीले बित्तिय संस्था समाज रुपान्तरणको एक अंग भएकाले सामाजिक उत्तरदायित्वका लागि गण्डकीले आर्थिक सहयोग… पुरा पढौ

गण्डकी प्रदेशका सांसदको जोड : कार्यकारी तहमा नै महिलाको भूमिका आवश्यक

अधिकांश स्थानमा महिलाको भूमिका उपप्रमुखमा मात्र सीमित भएको गुनासो आइरहेकोमा गण्डकी प्रदेशसभाका महिला सदस्यले कार्यकारी तहमा नै उनीहरूको भूमिका सुनिश्चित गर्नुपर्ने बताएका छन् । गण्डकी प्रदेशको ‘प्रदेशसभामा महिला सदस्यको भूमिका’ विषयक कार्यक्रममा उनीहरूले सामूहिकरुपमै नीति निर्माणमा महिलाको प्रभावकारी भूमिका हुनुपर्ने आवाज उठाए । संविधानले महिलालाई अधिकार दिए पनि त्यसको सदुपयोग हुन नसकेकामा जोड दिँदै कार्यक्रमका सहभागीले महिलालाई कार्यकारी अधिकारसहितको भूमिका सुनिश्चित हुनुपर्नेमा जोड दिए । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले… पुरा पढौ

कुछप गुम्बा पुनःनिर्माण हुँदै,यस्तो छ गुम्बाको ईतिहाँस

सातसय वर्ष पुरानो ऐतिहाँसिक बुद्धिस कुछप तेरङ्गा गुम्बा पुनःनिर्माण हुँदैछ ।यसको स्याङ्पा फाउन्डेसको आर्थिक सहयोग पुनःनिर्माण थालिएको हो । मुस्ताङको घरपझोङ गाउँपालिका ५ ढुम्बा डाँडोको थुम्कोमा कुछप तेरङ्गा गुम्बा छ ।गुम्बा भित्र गुरु कुछप तेरङ्गा संम्वन्धि पुरातात्तिक बहुमुल्य ५ रत्न भएपनि पछिल्लो समय गुम्बा जीर्ण भईसकेकाले बहुमुल्य सामाग्री ठिनी घरपझोङ गुम्बामा राखिएको हो । कुछप तेरङ्गालाई तिब्बतियन भाषामा ५ रत्नले अथ्र्याईन्छ । कुछपको अर्थ हो–शरिरको प्रतिनिधि ।गुम्बाभित्र गुरु रिन्पोर्छेको शरिरको… पुरा पढौ

२ मेयरले वकिलको चुनावमा भोट हाले

तनहुँका २ स्थानीय तह प्रमुखले शनिबार भएको नेपाल बार एसोसियसनको चुनावमा भोट हालेका छन् । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र लमजुङका वेशीसहर नगरपालिकाका प्रमुख गुमानसिं अर्यालले मतदान गरेका हुन् । एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि तनहुँमा तनहुँसहित गोरखा र लमजुङका मतदाताले भोट हाले । ७० मतदातामध्ये ६७ जनाले मतदान गरेको नेपाल बार एसोसिएसन तनहुँका अध्यक्ष अमृत नेपालीले बताए । एसोसिएसनमा प्रगतिशील प्यानलबाट चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक प्यानलबाट सुनील पोख्रेल… पुरा पढौ

स्याँउ जोन मुस्ताङमा लोमान्थाङ गापा छुट्यो ,४ स्थानीयतहबाट ५१ जनाको आवेदन

स्याँउ जोन मुस्ताङमा सुचिकृत हुन ५१ जना किसानले आवेदन दिएका छन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई अन्तर्गत मुस्ताङमा पहिलो पटक स्याँउ जोन घोषणा भएको हो ।यसअघि स्याँउ पकेट र ब्लक छनौट भएको थियो । परियोजना कार्यान्वयन ईकाई स्याँउ जोन कार्यालयले जिल्लाका ५ वटै स्थानीयतहका किसानलाई जोनमा सुचिकृत हुन गत पुस देखि सूचना जारीगरी जानकारी गराएको हो ।चालुवर्ष स्याँउ जोन कार्यक्रममा सूचिकृत हुनपाउँ भनी आवेदन दिनेमा सबैभन्दा बढी घरपझोङ गाउँपालिकाका… पुरा पढौ

नेकपा बागलुङमा यसरी बाँडियो स्थानीय तह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाका दशवटै स्थानीय तहको एकता प्रक्रिया टुङ्गाएको छ । जिल्ला संयन्त्र बैठकले स्थानीय तहको नेतृत्वमा सहमति जुटाएको नेकपा बागलुङले जनाएको छ । पूर्व नेकपा (एमाले) र पूर्व (माओवादी केन्द्र) ले पाँच–पाँच स्थानीय तहमा नेतृत्वको जिम्मेवारी पाएका छन् । जसमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको अध्यक्ष पद पूर्व एमालेको भागमा परेको छ । गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका, निसीखोला… पुरा पढौ

मुस्ताङमा लेक लागेर एक भारतिय पर्यटकको मृत्यु

मुस्ताङमा लेक लागेर एक भारतिय पर्यटकको मृत्यु भएको छ ।मृत्यु हुनेमा भारत तामेलनाडु चेन्नईका ६७ वर्षिय कन्नाप भेथिलिङ्गम रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । आफ्नो श्रीमती सहित ४१ जनाको जम्बो टोली बिहिबार मुक्तिनाथ दर्शनगरी जोमसोम फर्किएका भारतिय तिर्थालु कन्नाप भेथिलिङ्गमको शुक्रबार जोमसोम अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । मृतक ६७ वर्षिय कन्नाप भेथिलिङ्गम मुट रोगबाट पीडित रहेको प्रहरीको बयानमा उल्लेख छ ।मुटु… पुरा पढौ

स्याङ्जाली सम्पर्क सदनद्धारा शैक्षिक सामग्री र पोशाक वितरण

स्याङ्जाली सम्पर्क सदन पोखराले स्याङजाको कालीगण्डकी गाउँपालिकाका २ आधारभूत विद्यालयमा शैक्षिक सामग्री र पोशाक वितरण गरेकोछ ।  जनता आधारभूत विद्यालय विर्घा र शिव आधारभूत विद्यालय चण्डीभञ्ज्याङमा गरी १ सय ६ थान पोशाक र शैक्षिक सामग्री वितरण गरेको हो । सदनका अध्यक्ष लीलाप्रसाद पँगेनीको अगुवाईमा पोखरावाट गएको टोलीले त्यहाँ पुगेर सामग्री वितरण गरेका हो । उक्त अवसरमा सदनका अध्यक्ष पँगेनीले जिल्लाका विकट गाउँका वालवालिकाको शिक्षाको क्षेत्रमा सहयोग पुगोस् भन्ने हेतुले सदनले शैक्षिक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं