गण्डकी सेरोफेरो

मुस्ताङका शिक्षक तथा जनप्रतिनिधिलाई ४ दिने अभिमुखिकरण तालिम

मुस्ताङका शिक्षक, जनप्रतिनिधि तथा सरोकारवालालाई अभिमुखिकरण तालिम सुरु भएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम (ईजिआरपि)लाई प्रभावकारी तुल्याउने उद्देश्यले मुस्ताङ सदरमुकाम जोमसोममा ४ दिने कार्यक्रम सुरु भएको हो । अमेरीकी सहयोग नियोग युएसआईडीको प्राविधिक सहयोग तथा नेपाल सरकारको विशुद्ध कार्यक्रम भएकाले यसको अपनत्व तीनै तहका सरकारले लिनुपर्ने जनाईएको छ ।ईजिआरपि कार्यक्रम अन्तर्गत मुस्ताङमा पाईला नेपाल संस्थाले प्राविधिक साझेदारी गरेको हो ।सुरुआति ६ जिल्लामा सघन रुपमा संञ्चालन भएपनि यसलाई १६… पुरा पढौ

पोखरामा पनि मनाइयो सिरुवा पर्व

नव वर्षको आगमनसँगै पूर्वी तराईका जिल्लामा मनाइने सिरुवा पर्व पोखरामा बस्दै गरेका मिथिलावासीले धार्मिक एवं सांस्कृतिक विधिपूर्वक मनाएका छन् । यस पर्वलाई ‘जुडशीतल’ पर्वपनि भन्ने गरिएको हो । परिवारका ठूलाबडाले अञ्जुलीमा जल लिएर कान्छोको टाउकामा राखेर आशीर्वाद दिने गर्छन् । वर्षभरि ‘तिम्रो दिमाग ठण्डा रहोस्, सोच विचार गरी काम गर्नू र कसैसँग रिस नराखी मेलमिलापका साथ बस्नू’ भनेर आशीर्वचन दिने गरिएकाले यस पर्वलाई जुडशीतल पर्व भन्ने गरिएको हो । खासगरी… पुरा पढौ

चट्याङ लागेर शिक्षकको मृत्यु

तनहुँ चट्याङ लागेर तनहुँमा शनिबार राति १ युवतीको मृत्यु भएको छ । शुक्लागण्डकी १० लोकदीटारकी २४ वर्षीया भूमिका खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी खत्रीको उपचारको क्रममा पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । भूमिका चैते दसैं मनाउन माइती घर आएकी थिइन् । उनी शुक्लागण्डकी नगरपालिका ४ दुलेगौंडास्थित ज्ञानबगैंचा बोर्डिङ स्कुलकी शिक्षक पनि हुन् । पुरा पढौ

उत्तरी कोरलानाकालाई विश्वकै नम्बर वान भू–बन्दरगाह बनाउन सांसद बिष्टको सुझाव

गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले उत्तरी कोरलानाकालाई विश्वकै नम्बर वान भू–बन्दगाहको रुपमा बिकास गरिनुपर्ने सुझाएका छन् ।नयाँ वर्ष २०७६ सालको उपलक्ष्यमा उनले आफ्नो फेसबुकवालमा यस्तो लेखेका हुन् । ०७५ सालको उत्तराद्धमा सरकारका केही निर्णयले आशाको संञ्चार जगाएको उल्लेख गर्दै सांसद बिष्टले यसका लागि राज्यका तीन तहका सरकारले चाँसो दिनुपर्ने बताए ।उनले बहुचर्चित कोरलानाकामा प्रधानमन्त्री केपी शर्मा ओली र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको समेत अवलोकन भईसकेको उल्लेख गर्दै गर्दै अब… पुरा पढौ

गण्डकी प्रदेशको ‘पूर्वाधार’आयोजना कछुवाको गति ।

प्रदेश सरकारको नीति तथा योजना आयोगद्धारा बिनियोजित आर्थिक वर्ष ०७५÷०७६ अन्तर्गत मुस्ताङका अधिकाँश आयोजनाको जगनै थालनी हुन सकेन ।चालु आर्थिक वर्ष सकिन केही महिना रहेपनि आयोजनाको कुनै कामहरु सुरुआत गर्ने लक्षण देखिएको छैन ।तर,प्रदेशका मन्त्री तथा कर्मचारीहरु जिल्ला जिलमा पुगेर अनुगमन गर्न थालेका छन् । हिमाली जिल्ला मुस्ताङको पुर्वाधार बिकास आयोजनामा २० प्रतिशत पनि गति लिएको पाईदैन । यसवर्ष मुस्ताङमा ४ वटा मोटरेबल पुल,५ वटा ग्रामिण सडक बिस्तार,केही झोलुङे पुल,कृषि,सिचाई,स्वास्थ्य… पुरा पढौ

ओम शान्ति जोमसोमद्धारा नव वर्ष सुभ– कामना आदानप्रदान

ब्रम्हकुमारी राजयोग ओम शान्तिले आज नयाँ वर्ष सुभारम्भको अवसर पारेर एक सुभ–कामना आदानप्रदान कार्यक्रम आयोजना ग¥यो । जोमसोम स्थित ओम शान्ति आश्रममा भएको सुभ–कामना आदानप्रदान,स्नेहमिलन तथा सशवध्वजारोह कार्यक्रममा घरझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका अगुवा,शिक्षक,कर्मचारी र ओम शान्तिमा आवद्ध सदस्य लगायतको उपस्थिती रह्यो ।कार्यक्रममा ओम शान्तिका कृष्ण मगरले मानव जिवन संम्वन्धि दर्शनको प्रवचन सुनाए । उनले नयाँ वर्षले समस्त मनुष्य जगतलाई सत्मार्गमा हिड्ने प्रेरणा मिलोस ,खराब आचरण र… पुरा पढौ

सोसाईटी अफ ईन्जिनियरीङ्ग कन्सल्टेन्सी को तालिम सम्पन्न

सोसाईटी अफ ईन्जिनियरीङ्ग कन्सल्टेन्सी (SECON) ले मिति २०७५ चैत्र २७ देखि ३० गते सम्मको सात दिने SAP- 2000 तालिम पोखरा ईन्जिनियरीङ्ग कलेज फिर्केमा पोखरा ईन्जिनियरीङ्ग कलेजका प्रिन्सिपल ई. श्री लेख बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । चैत्र ३० गते शनिवार सम्पन्न उक्त तालिममा सोसाईटी अफ ईन्जिनियरीङ्ग कन्सल्टेन्सी (SECON) का पूर्व अध्यक्ष ई.शुरेस प्रसाद श्रेष्ठ, नेपाल भ्यालुयर्स एसोसियसन पोखरा च्याप्टरका अध्यक्ष ई. राजेन्द्र प्रजूले तालिमको महत्वबारे प्रकाश पार्दे तालिममा… पुरा पढौ

साँढे ३ करोडको तीन तले मुस्ताङ प्रशासन भवन बन्ने

साविकको जिल्ला प्रशासन कार्यालय भवनको संरचना मासेर नयाँ कार्यालय भवन निर्माण हुँदैछ ।नेपाल सरकार गृह मन्त्रालयले चालुवर्ष बिनियोजन गरेको ३ करोड ५६ लाख बजेट मार्फत सुविधा संम्पन्न प्रशासन भवन निर्माण गर्नेकार्य अघि बढेको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिए । ३ तले आधुनिक शैलीमा निर्माण गरिने उक्त पक्की भवन बनाउने जिम्मा सन्तकिरात जेभीले लिएको हो ।भौगोलिक हिमाली जिल्ला भएकाले चिसो थेग्न सक्नेगरी भवनको भित्र भागमा काठ र माटोको प्रयोग गरिने र… पुरा पढौ

मुक्तिनाथमा हाईअल्टिच्युड बिरामीलाई उपचारको अभाव

पोखरा भद्रकालीकी प्रीति गुरुङ आफ्ना सहकर्मी साथीसहित सोमबार मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आईन् ।पोखरा देखि स्कर्भियो जीप लिएर मुस्ताङ आएका उनीहरु सोही दिन जोमसोममै बसे । भोलीपल्ट बिहानै मुक्तिनाथ दर्शन गर्न पुगेका उनीहरु दिउँसो हस्याङफस्याङ गर्दै जोमसोम अस्पताल झरे । अस्पताल आएका उनीहरु आकस्मिक कक्षमा पुगे ।यसको कारण थियो प्रीतिलाई हाईअल्टिच्युड अर्थात लेक लागेर बिरामी परेकी रहिछन् ।उनलाई तुरुन्तै अस्पतालमा भर्ना गरियो ।केहीबेरमै होस आएपछि उनी निको भईन् । प्रीतिका… पुरा पढौ

आगलागी पीडितलाई एगाको सहयोग

इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन (एगा) पोखराले आगलागी पीडित आफ्ना सदस्यता आर्थिक सहयोग गरेको छ । सदस्य भीमलाल भट्टराईको हलनचोकस्थित ओमन सनराइज ह्याण्डीक्राफ्ट पसलमा गत फागुन २४ गते आगलागी भएको थियो । आगलागीबाट उनको पसलमा ठूलो क्षति भएको थियो । एगाले बिहीबार एक कार्यक्रम आयोजना गरी भट्टराईलाई संस्थागतरुपमा ५० हजार आर्थिक सहयोग गरिएको हो । पोखरा पर्यटन परिषदका अध्यक्ष चीरञ्जीवि पोखरेल र संस्थाका अध्यक्ष शंकर भट्टराई लगायतले उक्त रकम भट्टराईलाई हस्तान्तरण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं