तनहुँ चट्याङ लागेर तनहुँमा शनिबार राति १ युवतीको मृत्यु भएको छ ।
शुक्लागण्डकी १० लोकदीटारकी २४ वर्षीया भूमिका खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी खत्रीको उपचारको क्रममा पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
भूमिका चैते दसैं मनाउन माइती घर आएकी थिइन् । उनी शुक्लागण्डकी नगरपालिका ४ दुलेगौंडास्थित ज्ञानबगैंचा बोर्डिङ स्कुलकी शिक्षक पनि हुन् ।





