मुक्तिनाथमा हाईअल्टिच्युड बिरामीलाई उपचारको अभाव

- तीर्थयात्रीको भलोको लागि गाउँपालिका र मुक्तिनाथ बिकास समितिले चाँसो दिन आवश्यक

पोखरा भद्रकालीकी प्रीति गुरुङ आफ्ना सहकर्मी साथीसहित सोमबार मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आईन् ।पोखरा देखि स्कर्भियो जीप लिएर मुस्ताङ आएका उनीहरु सोही दिन जोमसोममै बसे । भोलीपल्ट बिहानै मुक्तिनाथ दर्शन गर्न पुगेका उनीहरु दिउँसो हस्याङफस्याङ गर्दै जोमसोम अस्पताल झरे ।

अस्पताल आएका उनीहरु आकस्मिक कक्षमा पुगे ।यसको कारण थियो प्रीतिलाई हाईअल्टिच्युड अर्थात लेक लागेर बिरामी परेकी रहिछन् ।उनलाई तुरुन्तै अस्पतालमा भर्ना गरियो ।केहीबेरमै होस आएपछि उनी निको भईन् ।


प्रीतिका साथी शुसिलले उनलाई अस्पतालमा भर्ना गराएका थिए । संगै आएका साथीले प्रीतिलाई अकस्मात हाई लागेर अस्पताल ल्याएको बताए ।शुशिलले मुक्तिनाथमा अक्सिजनसहितको मेडिकल बन्दोबस्त नभएकाले जोमसोम ल्याउनु परेको दुखेसो सुनाए ।मुक्तिनाथ मन्दिरबाटै प्रीतिलाई स्टेचरमा राखेर बसपार्क सम्म ल्याईयोको थियो ।उनलाई ल्याउदा मुक्तिनाथमा उपचार सुविधा भएको कसैले त्यहाँ जानकारी गराएनन् । बिरामी सीकिस्त परेकाले जोमसोम अस्पताल ल्याएको उनले उल्लेख गरे ।


प्रीतिलाई लेक लागेर ल्याएको १ घण्टा बित्न नपाउदै अर्का एकजना बिरामी तीर्थालु अस्पतालमा थपिन पुग्यो ।बुटवलकी चिनु श्रेष्ठ मुक्तिनाथ पुग्दा लेक लागेको उनका साथीहरुले बताए ।उमेरले ६० वर्षकी चिनुलाई कागबेनी जाँदैको अवस्थामा हाईअल्टिच्युडको लक्षण देखा परेको उनका साथी हरिशरण कार्कीले जनाए ।मुक्तिनाथ पुग्दा उनलाई अल्टिच्युडले गाल्यो । बिरामी परेकी चिनुलाई उनका साथीहरुले हतार हतार जोमसोम अस्पताल ल्याईपू¥याएको कार्कीले बताए ।


कार्कीले भने,‘मुक्तिनाथमा उपचार गर्ने ठाउँ नभेटिएपछि जोमसोम ल्याएका हौं ।महत्वपूर्ण धार्मिक स्थलमा अक्सिजनसहितको मेडिकल बन्दोबस्त नहुनु दुभाग्यको कुरो हो ।दिनहु सयौ तीर्थालु पुग्ने स्थानमा सरकार तथा त्यहाँको व्यवस्थापनपक्षले ध्यान नदिनु कमजोरी हो ।’


तीर्थालु कार्कीले थपे,‘मुक्तिनाथमा हजारौ रुपैया भेटीदान हुन्छ तर गएका तीर्थालुको हितमा लोभलाग्दो पक्ष कुनै देखिएन ।’सदरमुकाम जोमसोम अस्पतालमा अहिले दिनहु २ देखि ३ जना तीर्थालुलाई अल्टिच्युड लागेर ल्याईन्छ ।मेडिकल सुविधा उपलब्ध नहुदाँ मुक्तिनाथमा कतिपय तीर्थालुले अनाहक ज्यान गुमाउनु परेका उदाहरण पनि छन् ।

केही दिनअधि मात्रै भारत तमेलनाडुका एक भारतीय तीर्थालुले अनाहकमा ज्यान गुमाउनु प¥यो ।मुस्ताङको मुक्तिनाथमा दर्शनका लागि गएका तीर्थालुले उचित उपचार नपाउदाँ वर्षेनी २ देखि ५ जनाको संख्यामा तीर्थालुको ज्यान गईरहेको पाईएको छ ।

मुक्तिनाथबासीको समन्वयमा प्राथमिक उपचार कक्ष

मुक्तिनाथ पुराङ रानीपौवा वासीको आग्रहमा मेडिकल संञ्चालन गरिएपनि त्यो अझै भरपर्दो बन्न सकेको छैन ।झारकोट स्वास्थ्य चौकीमा कार्यरत अहेव तारानाथ अधिकारीले मेडिकल कक्ष संञ्चालन गरेका छन् ।उनले रानीपौवा बासीले घर र कोठा उपलब्ध गराई सहयोग गर्न भनेपछि प्राईभेट रुपमा मेडिकल कक्ष खोलेको जानकारी दिए ।

उनले मेडिकलका लागि सबै श्रोतसाधन आफैले जुटाउनु परेको बताए ।झारकोट स्वास्थ्य चौकीमा कार्यरत अहेव अधिकारी बिरामी परेको खबर पाएपछि मोटरसाईलमा पुग्ने गरेको सुनाए ।‘तीर्थ यात्रीको सिजनमा श्रीमतीलाई पनि खटाउने गरेको छु ।उनी पनि अनमीमा कार्यरत छिन् ,‘उनले भने,‘अन्य समय आफैले बिरामीको प्राथमिक उपचार गर्छु ।’उनले हाईअल्टिच्यूट भएका बिरामीलाई आकस्मिक सेवा पू¥याएको दावी गरे ।


अहेव अधिकारीका अनुसार २० दिनमा १ सय ६९ जनाको उपचार गरेको उल्लेख गरे ।‘औशीको दिनमा मात्रै ४९ जनाको उपचार गर्न भ्याए ,उनले भने‘ अक्सिजन र अन्य सामान्य बिरामीको उपचार गरेको छु ।’उनले मिनी अक्सिजन सिलिण्डर राखेको बताउदै यो पर्याप्त नभएको सुनाए ।ईलेक्ट्रिक प्रविधिको अक्सिजन भए अल्टिच्युड बिरामीको उपचारमा सहज हुने जानकारी दिए ।

स्वास्थ्यको जिम्मेवारी स्थानीयतहले लिएकाले बृहत अक्सिजनसहितको मेडिकल पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।मुक्तिनाथमा मेडिकल खोलेका अधिकारीले कुनै निकायको उपचार सामाग्री पाएका छैनन् ।उनी भन्छन् ।तीर्थयात्रीको भलोको लागि गाउँपालिका र मुक्तिनाथ बिकास समितिले चाँसो दिन आवश्यक छ ।उनले उपचारको सानो ईकाई होईन ,बृतह सुविधाको स्वास्थ्यकेन्द्र राखिनु पर्ने सुझाए ।


मुक्तिनाथमा मन्दिर पुग्नका लागि घोडाको सुविधा भएपनि फर्किदा पैदल हिड्नु पर्ने अवस्था छ ।स्थानीयको व्यापारिक सेन्डिकेटले पैदल हिड्नु परेको हो ।शारिरीक अशक्तता र अपाङता भएका तीर्थालुलाई मुक्तिनाथ दर्शन सास्ती बनेको हो ।हिडेरै ओरालो झर्नुपर्न भएकाले अल्टिच्युडको बढी समस्या देखिने गरेको पाईएको छ ।

केही वर्ष अघि आउजाउका लागि मोटरसाईकल सुविधा भएपनि अहिले त्यो सुविधा हटेको छ ।अपाङमैत्री बाटो नभएकाले मन्दिर पुग्ने तीर्थालुलाई थप समस्या उब्जिएको पेमाछेतेन बिकले बताए ।उनले मुक्तिनाथ बिकास समिति कमाउने मात्रै संस्था भएको र तीर्थालुको हितमा सोच्न नसकेको दुखेसो सुनाए ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।