गण्डकी सेरोफेरो

मुस्ताङको ढुम्बामा ३ लाख ६४ हजार रुपैयाँसहित १० जुवाडे पक्राउ

मुस्ताङको घरपझोङ गाउँपालिका ५ ढुम्बा गाउँमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगद ३ लाख ६४ हजारसहित १० ब्यक्तिलाई पक्राउ गरेको छ ।जुवा खेल्दा पक्राउ परेका ब्यक्तीहरुलाई प्रहरीले अनुसन्धानका लागि अहिले हिरासतमा राखेको प्रहरीले जनाएको छ । मुस्ताङका प्रहरी नायब उपरिक्षक तुलबहादुर कार्कीका अनुसार घरपझोङ गाउपालिका २ मार्फाका राजु लालचन, बिशाल बिक ,फिरोज लालचन , घरपझोङ वडा नं.३ स्याङका महेन्द्र थकाली,सन्तबहादुर नेपाली, कपिल थकाली,सोनम गुरुङ,चन्द्र थकाली र घरपझोङ ५ का सुरेन्द्र बिक… पुरा पढौ

पत्रकार गिरीको अबिलम्व रिहाईको माग राख्दै हिमालपारी मुस्ताङमा धर्ना

ठगी मुद्धाको समाचार संम्प्रेषण गरेवापत पक्राउ परेका पोखराका क्रियाशिल पत्रकार एवं ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीको अबिलम्व रिहाईको माग राख्दै हिमालपारीको जिल्ला मुस्ताङ पनि प्रर्दशन भएको छ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाले बिहिबार आयोजना गरेको उक्त कार्यक्रममा शाखाका एक दर्जन पत्रकारहरुले गिरीको रिहाई तथा पत्रकारप्रति भएको धरपकड बिरुद्ध जिल्ला प्रशासन कार्यालय मुस्ताङको मुलद्धारमा १ घण्टा धर्ना दिए । दिउँसो १२ बजे देखि १ बजे सम्म भएको शान्तिपूर्ण धर्ना… पुरा पढौ

युनाईटेड क्लवद्धारा पोशाक वितरण

युनाईटेड क्लवले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा पोखराको कुंँडहरस्थित कुंँडहर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेको छ । क्लवले विद्यालयमा अध्ययनत ३० विद्यार्थीलाई पोशाक वितरण गरेको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मैनाकुमारी गुरुङले युनाईटेड क्लवले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको सन्दर्भमा विद्यार्थीलाई पोशाक वितरण गरेकोमा धन्यवाद दिइने । उनले युनाइटेड क्बलको हरेक काममा आफ्नो विद्यालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरिन् । युनाईटेड क्लवका… पुरा पढौ

गण्डकी प्रदेशले को को लाई गर्दैछ त सम्मान ?

गण्डकी प्रदेश सरकारले २६ जना कर्मचारीलाई सम्मान गर्ने भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले प्रदेशका विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत २६ जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यसअघि फागुन ४ गते प्रदेश दिवसका अवसरमा प्रदेशका कर्मचारीलाई सम्मान गर्ने योजना थियो । तर, कार्यसम्पादन मूल्यांकन तथा तयारी नपुगेको भन्दै सम्मान रोकिएको थियो । सम्मानित हुनेमा प्रदेशका प्रमुख सचिवदेखि मन्त्रालयका कार्यालय सहयोगीसम्म छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका… पुरा पढौ

भालुको आक्रमणबाट घाइते

तनहुँको भानु नगरपालिका १३ साठ्ठीमुरेमा भालुको आक्रमणबाट वृद्ध घाइते भएका छन् । अन्दाजी ६० वर्षका प्रेम बानियालाई जंगलमा बाख्रा चराउन जाँदा भालुले आक्रमण गरेको हो । उनको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । पुरा पढौ

श्रीमानको कुटपिटबाट घाईते मणिपालमा

पर्वतको माहाशिला गाउँपालिका ८ लामतुङमा श्रीमान्को कुटपिटबाट श्रीमती घाइते भएकी छन् । करिब ५५ की यमकुमारी सुनारलाई उनका श्रीमान दिलबहादुर सुनारले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा घाईते भएकी हुन् । उनलाई उपचारक लागि पोखरा ल्याएको छ । फरार दिलबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

मुस्ताङका शिक्षक तथा जनप्रतिनिधिलाई ४ दिने अभिमुखिकरण तालिम

मुस्ताङका शिक्षक, जनप्रतिनिधि तथा सरोकारवालालाई अभिमुखिकरण तालिम सुरु भएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम (ईजिआरपि)लाई प्रभावकारी तुल्याउने उद्देश्यले मुस्ताङ सदरमुकाम जोमसोममा ४ दिने कार्यक्रम सुरु भएको हो । अमेरीकी सहयोग नियोग युएसआईडीको प्राविधिक सहयोग तथा नेपाल सरकारको विशुद्ध कार्यक्रम भएकाले यसको अपनत्व तीनै तहका सरकारले लिनुपर्ने जनाईएको छ ।ईजिआरपि कार्यक्रम अन्तर्गत मुस्ताङमा पाईला नेपाल संस्थाले प्राविधिक साझेदारी गरेको हो ।सुरुआति ६ जिल्लामा सघन रुपमा संञ्चालन भएपनि यसलाई १६… पुरा पढौ

पोखरामा पनि मनाइयो सिरुवा पर्व

नव वर्षको आगमनसँगै पूर्वी तराईका जिल्लामा मनाइने सिरुवा पर्व पोखरामा बस्दै गरेका मिथिलावासीले धार्मिक एवं सांस्कृतिक विधिपूर्वक मनाएका छन् । यस पर्वलाई ‘जुडशीतल’ पर्वपनि भन्ने गरिएको हो । परिवारका ठूलाबडाले अञ्जुलीमा जल लिएर कान्छोको टाउकामा राखेर आशीर्वाद दिने गर्छन् । वर्षभरि ‘तिम्रो दिमाग ठण्डा रहोस्, सोच विचार गरी काम गर्नू र कसैसँग रिस नराखी मेलमिलापका साथ बस्नू’ भनेर आशीर्वचन दिने गरिएकाले यस पर्वलाई जुडशीतल पर्व भन्ने गरिएको हो । खासगरी… पुरा पढौ

चट्याङ लागेर शिक्षकको मृत्यु

तनहुँ चट्याङ लागेर तनहुँमा शनिबार राति १ युवतीको मृत्यु भएको छ । शुक्लागण्डकी १० लोकदीटारकी २४ वर्षीया भूमिका खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी खत्रीको उपचारको क्रममा पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । भूमिका चैते दसैं मनाउन माइती घर आएकी थिइन् । उनी शुक्लागण्डकी नगरपालिका ४ दुलेगौंडास्थित ज्ञानबगैंचा बोर्डिङ स्कुलकी शिक्षक पनि हुन् । पुरा पढौ

उत्तरी कोरलानाकालाई विश्वकै नम्बर वान भू–बन्दरगाह बनाउन सांसद बिष्टको सुझाव

गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले उत्तरी कोरलानाकालाई विश्वकै नम्बर वान भू–बन्दगाहको रुपमा बिकास गरिनुपर्ने सुझाएका छन् ।नयाँ वर्ष २०७६ सालको उपलक्ष्यमा उनले आफ्नो फेसबुकवालमा यस्तो लेखेका हुन् । ०७५ सालको उत्तराद्धमा सरकारका केही निर्णयले आशाको संञ्चार जगाएको उल्लेख गर्दै सांसद बिष्टले यसका लागि राज्यका तीन तहका सरकारले चाँसो दिनुपर्ने बताए ।उनले बहुचर्चित कोरलानाकामा प्रधानमन्त्री केपी शर्मा ओली र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको समेत अवलोकन भईसकेको उल्लेख गर्दै गर्दै अब… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं