मुस्ताङमा कामदार मृत भेटिए

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका १ चराङ स्थितको काष्ठमण्डप कन्ट्रक्सन प्रालिमा काम गर्ने १ कामदारको मृत्यु भएको छ । सिराहाको धनगढी नगरपालिका १२ का करिब ५० वर्षका श्यामसुन्दर सध्या खेतमा घाम ताप्नका लागि म्याट्रेक्स लगाई सुतेकोमा अचेत अवस्थामा फेला परेका थिए ।

उनी अचेत भएको जानकारी पाएर गएको प्रहरीको अनुरोधमा पुगेको चिकित्सक टोलीले सध्यालाई मृत घोषणा गरेको हो । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।