तनहुँको देवघाट गाउँपालिकाले वडा–वडाबाटै अपाङ्गता परिचयपत्र वितरण शुरु गरिएको छ ।
अपाङ्गता भएका व्यक्ति परिचयपत्र लिन गाउँपालिका आउन नसक्ने भएपछि गाउँपालिकाले सुविधाका लागि वडा–वडाबाटै परिचयपत्र वितरण शुरु गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार अपाङ्गताको परिचयपत्र वितरणको अधिकार पाएको गाउँपालिकाले वडाबाटै परिचयपत्र वितरण गर्दा अपाङ्गता भएका व्यक्तिलाई सहज भएको अपाङ्ग सरोकार समितिका अध्यक्ष ऋषिराम लामिछानेले बताउनुभयो ।
हालसम्म परिचयपत्र वितरणसम्बन्धी कार्यविधि तयार भई र त्यसलाई अन्तिम रुप दिन समय लागेकाले धेरै समयपछि गाउँपालिकाबाट नै अपाङ्गता परिचयपत्र वितरण गर्न शुरु गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताउनुभयो ।
वडाबाटै अपांगता परिचयपत्र पाएपछि वडा भित्रका अपाङ्ता भएका व्यक्ति खुशी भएका छन् ।




