मौरीले चिल्दा २ जना सिकिस्त

तनहुँको ऋषिङ गाउँपालिका ५ रुपटारमा जंगली मौरीले चिल्दा २ जना सिकिस्त बिरामी परेका छन् । अर्का एकको अवस्था सामान्य छ ।

उनीहरुलाई स्थानीय भाषामा खागो भनिने जंगली मौरीले टोकेको हो । घाइतेमध्ये कमल र मनबहादुर विकको अवस्था गम्भीर छ । डेढगाउँमा लागेको मेलामा व्यापार गरेर फर्कने क्रममा उनीहरुलाई बाटोमा जंगली मौरीले टोकेको हो ।

मौरीको टोकाइबाट शनिबार ऋषिङ ४ भीरकोटका कमलबहादुर विक, टंकलाल विक र मनबहादुर विक घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।