बागलुङको निसीखोला गाउँपालिकामा आगलागी हुँदा जलेर बालकको मृत्यु भएको छ ।
निसीखोला २ छरछरेका बिमल सुनारको गोठमा आगलागी हुँदा उनका ३ वर्षीय छोरा विशाल सुनारको मृत्यु भएको हो ।
वडाध्यक्ष कुबिर विकले आगलागीबाट घरमा बालबालिका मात्रै रहेका बेला आगलागी भएको बताए । आगो स्थानीयवासीको सक्रियतामा नियन्त्रणमा आएको थियो ।





