निजी विद्यालय संचालकहरुद्वारा स्थापना भएको पोखराको लायन्स क्लव अफ स्कूल चौतारीको अध्यक्षमा रामबहादुर थापा चयन भएका छन् ।
लायन वर्ष २०१९/२० का लागि क्लवको प्रथम उपाध्यक्षमा तिलक अधिकारी, द्वितीय उपाध्यक्षमा मनकाजी गुरुङ्ग, तृतीय उपाध्यक्षमा प्रकाशराज वाग्ले, एमसिपीमा शिवराज पौडेल, सचिवमा रुद्र अधिकारी, कोषाध्यक्षमा सञ्जय पौडेल, सहसचिवमा आत्मबहादुर थापा, सहकोषाध्यक्षमा देवी लामिछाने, पिआरओमा गौरब थापा, टेलटुइस्टरमा बेदप्रसाद श्रेष्ठ, टेमरमा सोमनाथ पौडेल, मिडिया तर्फ सन्तोष अधिकारी र खगेन्द्र अधिकारी सर्वसम्मत निर्वाचित भएका निर्वाचन मण्डलका हेमन्त अधिकारीले जानकारी दिए ।




