गण्डकी सेरोफेरो

चौरीको रगत खान दैनिक ५ सय सर्वसाधारण

प्राकृतिक उपचार पद्यती अपनाउदै मुस्ताङको थासाङ बोक्सीखोलामा दैनिक ५ सयको संख्यामा रगत खानेको भीड लागेको छ ।धौलागिरी चौरीपालक पशुपालक समितिले सुरु गरेको रगत खाने मेलामा अहिले सम्म ३ हजार बेशीले रगत खाएका छन् । व्यक्तिगत रुपमा पालन गरिएको भएपनि सामुहिक रुपमा आयोजना गरिएको मेलाले आन्तरिक पर्यटकलाई पनि बढाएको हो ।शरिरको पेट संम्वन्धि दिर्घ रोगलाई निको पार्न भएकाले सर्वसाधारणको भीड लागेको समितिका अध्यक्ष गोबिन्द शेरचनले जानकारी दिए ।उनका अनुसार यसपटक रगतको… पुरा पढौ

प्रवासले सुरु गरे कुसुण्डा बालिका सहयोग अभियान

नेपालका विभिन्न जातजातिको अनुसन्धानमा जुटेका साभ नेपालका अध्यक्ष तुलसी प्रवासले कुसुण्डा बालिकाको सहयोगको अभियान सुरु गरेका छन् । नेपालमा एकजना मात्र वक्ता रहेको कुसुण्डा भाषालाई बचाउँदै आएका "राजामामा"को गतवर्ष निधन भयो । कुसुण्डा जाती र भाषा बचाउनकै लागी भनेर सरकारको पहलमा २५ वर्षीय इन्द्रमाया तामाङसँग ६५ वर्षका राजामामाको विवाह पनि भयो । उनीहरूबाट एउटी छोरी पनि जन्मिइन् । उनको नाम सीमान्त कुसुण्डा राखियो । नेपालमा वास्तविक कुसुण्डा अहिले सीमान्त मात्रै… पुरा पढौ

बेनी–जोमसोम सडक स्तोरोन्नतीमा ढिला

पर्यटकिय र ब्यापारिक केन्द्रको प्रचुर सम्भावना भएको मुस्ताङमा कालिगण्डकी करिडोर अन्तर्गत बेनी– जोमसोम सडक आयोजना निर्माण कार्यमा ढिलासुस्ती देखिएको छ। प्रदेश ४ को “लाईफ लाईन” मानिएको ४३५ किलोमिटर दुरीको त्रिवेणी–कोरला जोड्ने कालीगण्डकी कोरीडोर सडक योजनामा निर्माण काम भईरहेपनि पुर्वाधार निर्माणमा ढिलासुस्तीले समयमा काम सम्पन्न नहुने देखिएको हो । करिडोर पाँच अर्ब रुपैयाको लागतमा म्याग्दीको बेनी देखि मुस्ताङको जोमसोम हुदै चिनको सिमाना कोरला नाका जोड्ने १८६ किलोमिटर दुरीको सडक स्तरोन्नतीको काम… पुरा पढौ

भुपी गाउँमा सडक मापदण्ड परेपछि टुकुचेबासी चिन्तित

उत्तर ÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना, कालिगण्डकी करिडोरको कोरला सडकका कारण यतिबेला स्वःभूपि शेरचनको पूख्यौली थलो थाक टुकुचेका २८ घर बिस्थापनको संघारमा छ ।करिडोर सडकको मापदण्ड परेपछि टुकुचेबासी चिन्तित बनेका हुन् । सडक बिकल्प प्रस्तुत गर्दै टुकुचेबासी अहिले गाउँ बचाउ अभियानमा जुटेको हो । झन्डै २ सय वर्ष पुरानो ऐतिहाँसिक भुपि गाउँमा कुल ३८ घरधुरी छन् ।करिडोर सडकले अहिले टुकुचेका ३ तिहाई घरलाई सडक मापदण्डले पिरोलिरहेको छ ।सडकले गाउँ पलायन… पुरा पढौ

बागलुङको निसीमा ढुंगा लागेर वृद्धको ज्यान गयो

बागलुङको निसीखोला गाउँपालिका–२ बायाखोलास्थित एक वृद्धको माथिबाट खसेको ढुङ्गाले लागेर शुक्रबार साँझ मृत्यु भएको छ । घर नजिकैको बासघारीमा बाँस काट्ने क्रममा ६५ वर्षका बुद्धबहादुर कार्की अचानक माथिबाट आएको ढुङ्गाले लागेर गम्भीर घाइते भएका थिए। घाइते कार्कीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पुरा पढौ

फोटोपत्रकार दुर्गा प्रसाद पौडेललाई गण्डकी प्रदेश फोटोपत्रकारिता अवार्ड

नेपाल राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे नेपाल)ले नेपाल लाइफ फोटो पत्रकारीता अवार्ड २०७५ सम्पन्न गरेको छ । सुखि नेपाली र सवृद्ध नेपाल सरकारको नारालाई साकार पार्नको लागि जिवन्त फोटोहरुले भुमिका खेल्न सक्छन र यस तर्फ फोटोपत्रकारीताले ठुलो योदान गर्दै आएको छ अझै पनि यसको लागि फोटोपत्रकारहरुले योगदान आवश्यक रहेको उप प्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले बताए । “नेपाल लाइफ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५” को उत्कृष्ट १४ अवार्ड, एक… पुरा पढौ

मुस्ताङमा ११ सदस्यीय महिला उद्यमी महासंघमा गठन

महिला उद्यमीहरुको छाता संगठन नेपाल महिला उद्यमी महासंघले बुधबार मुस्ताङमा आफ्नौ ४३ औं जिल्ला शाखा बिस्तार गरेको छ । पूर्व सांसद श्रीमाया थकालीको समूउपस्थितीमा ११ सदस्य महिला उद्यमी महासंघ गठन भएको जनाईएको छ । घरपझोङ १ मार्फाकी उद्योगी सुकुन रसाईली अध्यक्षमा गठन भएको महिला उद्यमी महासंघ मुस्ताङको उपाध्यक्षमा कमला लालचन,सचिवमा दुर्गादेवी रसाईली र कोषाध्यक्षमा निर्मला भट्टचन छन् ।यस्तै,सदस्यमा मीमकुमारी शेरचन,मोहनकुमारी शेरचन,हिरा बिक,आईत थकाली,ज्ञानु थकाली,छिरिङ वाङ्मो थकाली, र पुसमाया लालचन छन्… पुरा पढौ

तनहुँ जलविद्युत आयोजनाकोे पुनः टेण्डर आह्वान

तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः टेण्डर आह्वान गरेको छ। पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले बिहीबार पुनः अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरेको हो। बोलपत्र पेस गर्ने अन्तिम दिन २६ जेठ तोकिएको छ। निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने २ वटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नुपर्नेछ।… पुरा पढौ

तनहुँका स्थानीय तहमा एमाले माओवादी बराबरी

तनहँुका स्थानीय तहमा पूर्व एमाले र पूर्व माओवादीले समान हैसियत पाएका छन् । १० वटै स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व टुंगो लागेको छ । पार्टीले नेकपा तनहुँ अध्यक्षमा केदार सिग्देल र सचिवमा राजेन्द्रकेशरी न्यौपानेलाई जिम्मवारी दिइसकेको छ । नेकपाको गण्डकी प्रदेश कमिटीको मंगलबारको बैठकले पूर्व एमालेको भागमा ३ नगरपालिका र २ गाउँपालिका र पूर्व माओवादीको भागमा १ नगरपालिका र ४ गाउँपालिकाको नेतृत्व दिएको हो । पूर्व एमालेको भागमा… पुरा पढौ

दक्षिण एशियाकै ठूलो गुफाभित्र बैठक बस्दा

तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो मानिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक सम्पन्न गरेको हो । पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसारका लागि गाउँपालिकाले प्रत्येक वडामा पुगेर कार्यपालिकाको बैठक गर्ने नीतिबमोजिम सिद्धगुफाभित्र बैठक सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । गुफाभित्र बसेको बैठकले कार्यपालिका सदस्य गिरबहादुर बस्यालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं