गण्डकी सेरोफेरो

ढिस्कोले पुरिएर मजदुरको मृत्यु

म्याग्दीको बेनी नगरपालिका–५ चुत्रेनी स्थित बेनी दरबाङ सडक खण्डको बाटो निर्माण गर्ने क्रममा बुधवार विहान १२.०० वजे माथिबाट ढुंगामाटोको ढिस्को खस्दा एक मजदुरको मृत्यु भएको छ । बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वारा निवासी ३५ बर्षीय कालुराम थारुको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।बाटो माथिबाट खसेको ढिस्कोको ढुंगामाटोले पुरिएका थारुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । पुरा पढौ

बागलुङमा अव छिट्टै केवल कार सरर,यो ठाँउमा हुदैछ तयारी

चीनको एक कम्पनीले बागलुङमा केवलकार सञ्चालन सम्भाव्यता अध्ययन गरेको छ । बेइजिङ गुड यू रोपवे कम्पनी लिमिटेडले बागलुङ नगरपालिका वडा न.४ वडारचौरदेखि वडा न. ६ पञ्चकोटसम्मको केवलकार सञ्चालन सम्भाव्यता अध्ययन गरेको हो । कम्पनीका कार्यकारी प्रमुख रुवान बिआओ नेतृत्वको एक समुहले २४ डिब्बा सहितको केवलकार सञ्चालन गर्न सकिने बताएको छ । वडारचौरदेखि पञ्चकोटसम्म निर्माण गरिने केवलकार जमिनको भागदेखि २५/१५ मिटर , उचाई ७/१० मिटर रहनेछ भने तल्लो स्टेशन अर्थात वडारचौरदेखि… पुरा पढौ

समानन्तर समिति चलाइरहेका गोविन्दराज जोशी समूहको पार्टी कार्यालय तोडफोड

पछिल्लो समय पार्टीभित्र समानन्तर समिति बनाएर क्रियाशिल कांग्रेस नेता तथा पूर्व सहायकमन्त्री गोविन्दराज जोशी समूहको पार्टी कार्यालयमा तोडफोड गरिएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहको तनहुँस्थित कांग्रेस पार्टी कार्यालय तोडफोड गरिएको हो । मजदुर दिवसको अवसरमा नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसको र्‍यालीले दमौली बजार परिक्रमा गर्ने क्रममा व्यास–२ मालपोत लाइनमा रहेको जोशी समूहले स्थापना गरेको कार्यालयमा तोडफोड भएको हो ।  र्‍यालीमा सहभागीले बन्द… पुरा पढौ

नामार्जुङ मादी जलविद्युत् आयोजनाको ९० प्रतिशत काम सकियो

कास्कीको मादी गाउँपालिका २ सेतीखोलामा निर्माणाधीन नामार्जुङ मादी जलविद्युत् आयोजनाको ९० प्रतिशत काम सकिएको छ । अहिले विद्युत् गृह, बाँध, डिसेन्डिङ वेसिनमा धमाधम काम भइरहेको छ  भने १ हजार २ सय ४५ मिटर लामो नहर तयार भएको छ । आयोजनाका कार्यकारी अध्यक्ष खुमबहादूर केसीले आगामी दसैंभित्र विद्युत् उत्पादन हुने लक्ष्यका साथ काम भइरहेको बताए । १२ मेगावाट क्षमताको आयोजना सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारीमा छ । हिमालयन हाइड्रो पावर लिमिटेडअन्तर्गत दूरसञ्चार सेवा प्रदायक… पुरा पढौ

जोमसोम अस्पताल स्वास्थ्य कार्यालयमा सर्ने,जनस्वास्थ्य प्रमुख उलकको बिमति

गण्डकी प्रदेश सरकारले जिल्ला अस्पताल जोमसोम मुस्ताङलाई बहुवर्षिय भवन निर्माण योजना अन्तर्गत बजेट बिनियोजन गरेपछि जिल्लामा यसको गृहकार्य सुरु गरिएको छ । गत बैशाख ११ गते अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सरोकारवाला सम्मिलित बैठकले अस्पताल भवन संरचना निर्माण तथा व्यवस्थापनबारे प्रारम्भिक निर्णय गरेको जनाईएको छ । एक वर्षअघि निर्माण सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालयको नवनिर्मित ३ तले पक्की भवनमा साविक अस्पतालले प्रवाह गर्ने ईमरजेन्सी तथा ओपिडी सेवासुबिधा नियमित… पुरा पढौ

भीरबाट लडेर रसियनको मृत्यु

गोरखाको चुमनुब्री गाउँपालिका ३ स्थित भिरबाट चुम भ्याली गई फर्कदैँ गरेका रसियनको मंगलबार ज्यान गएको छ । ६८ वर्षका जेटसेभ अलेक्जेन्डरको भीरबाट लडेर मृत्यु भएको हो । घटनाबारे जानकारी पाएपछि तत्काल प्रहरी टोली खटिई गई थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा प्रवक्ता गोबिन्द पुरीले जानकारी दिए । कास्कीमा शव फेला स्याङजाको वालीङ नगरपालिका ५ बस्ने वर्ष ६२ की मिना खड्काको शव फेला परेको छ । पोखरा महानगरपालिका १०… पुरा पढौ

मन्त्रालयको कामप्रति म आफै सन्तुष्ट छैन : मन्त्री लम्साल

गण्डकी प्रदेशका उद्योग,बन तथा बाताबरण मन्त्री बिकास लम्सालले सरकारले सोचे अनुरुपको बिकास गर्न नसकिएको बताउनु भएको छ । प्रदेश मन्त्रालयले आयोजना गरेको समिक्षा तथा योजना तर्जुमा गोष्ठीको पोखरामा उदघाटन गर्दे उहाँले कर्मचारीहरुको असहयोगका कारण बिकासमा साझेदारीका लागि समस्या परेको बताउनुु भयो । बिसौ बर्ष निति र्निमाणमा बसेका कर्मचारीहरु गोष्ठी र छलफलहरुमा यो भएन भनेर भाषण गरेको देख्दा अचम्म लाग्ने उहाँको भनाई थियो । कार्यक्रममा मन्त्री लम्सालले बिभिन्न बाहानामा काम हुन… पुरा पढौ

कर्मचारी र बजेट अभावले “एक घर एक धारा” कार्यक्रम प्रभावित

गण्डकी प्रदेश मातहतबाट संचालन हुने बागलुङमा कर्मचारी दरबन्दी कम हुँदा कार्यालयले बनाएको लक्ष्य प्रभावित हुने भएको छ । डिभिजन कार्यालयको बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङमा गरि ४ जिल्लाको ८ हजार घर धुरीमा १ घर, १ धारा निर्माण गर्ने लक्ष्य राखे पनि प्रयाप्त कर्मचारी र बजेटको अभावमा लक्ष्य प्रभावित हुने भएको हो । हालसम्म कार्यलयबाट २ हजार घर धुरीमा मात्रै धारा जडान गरिएको छ भने बाँकीको लागि कर्मचारी र बजेट अभाव… पुरा पढौ

कोरलामा एकपछि अर्को गर्दै सरकार

उत्तरी सिमावर्ती क्षेत्र कोरलानाकामा ३ वटै सरकारको ध्यान केन्द्रित हुन थालेको छ ।कोरलानाकामा चालु महिनामै एकपछि अर्को गर्दै संघ,प्रदेश र स्थानीय तहका मन्त्री देखि कर्मचारी र जनप्रतिनिधि पुग्न भ्याई नभ्याई भएको छ । चालु महिनाको पहिलो साता प्रतिनिधि सभाको एक अन्तराष्ट्रिय संम्वन्ध समितिको टोली कोरलानाका पुग्यो ।उनीहरु बन्दै गरेको चिनिया पूर्वाधार देखेर दङ्ग भए ।समथर सुख्खा पठारमा चिनको क्षेत्रमा देखिएको पूर्वाधार र नेपालको सुन्य पूर्वाधारले लज्जा माने ।यी सबै देखेपछि… पुरा पढौ

चौरीको रगत खान दैनिक ५ सय सर्वसाधारण

प्राकृतिक उपचार पद्यती अपनाउदै मुस्ताङको थासाङ बोक्सीखोलामा दैनिक ५ सयको संख्यामा रगत खानेको भीड लागेको छ ।धौलागिरी चौरीपालक पशुपालक समितिले सुरु गरेको रगत खाने मेलामा अहिले सम्म ३ हजार बेशीले रगत खाएका छन् । व्यक्तिगत रुपमा पालन गरिएको भएपनि सामुहिक रुपमा आयोजना गरिएको मेलाले आन्तरिक पर्यटकलाई पनि बढाएको हो ।शरिरको पेट संम्वन्धि दिर्घ रोगलाई निको पार्न भएकाले सर्वसाधारणको भीड लागेको समितिका अध्यक्ष गोबिन्द शेरचनले जानकारी दिए ।उनका अनुसार यसपटक रगतको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं