ताजा समाचार

वैशाख २० गते २०७६

सय वर्ष पुरानो पिपलको रुख काटेपछि जनता आक्रोसित

बेनीमा पिपलको रुख काट्दा चौतर्फी विरोध भएको छ । बेनी नगरपालिका वडा नम्बर–७ स्थित बेनी सामुदायिक विद्यालयको छेवैमा रहेको करिव १ सय बर्ष पुरानो पिपलको रुखलाई वडा कार्यालयले काटेको हो ।

ब्यवसायिक प्रयोजनको पुर्वाधार राख्नका लागि पिपलको रुख हटाईएपछि यसको चौतर्फी भएको छ । देश तथा विदेशमा रहेका बेनीबजारबासीले सयौ बर्ष पुरानो पिपल रुख मासिएकोमा सामाजिक संजालमा विरोध जनाएका छन् ।

बेनी बजारको चिनारी रुपमा रहेकोे सम्पदालाई रुपमा चिनिएको पिपलको रुख काटेर र व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्नु गलत भएको जलजलागाउँपालिका मिलनचोक निवासी ढकेन्द्र गिरिले बताए । यो रुख थकालीले लगाएको हो, बटुवाहरुको आश्रमको परिचित चौतारी अन्तर्गतको पिपलको रुखलाई मासिनु गलत भएको उनको धारणा थियो ।

बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले नगरपालिकासंग वडाले कुनै समन्वय नगरी पिपलको रुख काटिएको बताए । उनले विभिन्न क्षेत्रबाट रुख मासिनु हुदैन भनेर ज्ञापनपत्र आएको छ, यसलाई काट्नुृको उद्देश्य के हो, बैठकमा छलफल हुने उनले जानकारी दिए ।

त्यस्तै बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले पिपलको रुखको ठुला जराले स्कुललाई असर गर्नुको साथै खेर गएको जग्गालाई ब्यवसायिक आम्दानीको रुपमा प्रयोग गर्न रुख काटिनुको साथै उखल्न लागिएको बताए ।