ताजा समाचार

वैशाख २२ गते २०७६

८२ वर्षका वडाध्यक्ष जुवा खालबाट पक्राउ

मुस्ताङको थासाङ गाउँपालिकामा वडाध्यक्ष नै जुवाको खालबाट पक्राउ परेका छन् । थासाङ गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रत्नप्रसाद ज्वारचनसहित ४ जनालाई शनिबार साँझ प्रहरीले विशेष सुराकीको आधारमा पक्रेको हो ।

रत्नप्रसाद ८२ वर्षका छन् । जुवा खालबाट १३ हजार ३ सय २० रुपैयाँसहित ४० वर्षका शक्ति गौचन, ४९ वर्षका महेन्द्र थकाली र जुवा खेलाउने घरधनी सुशीला थकालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई हिरासतमा राखी घटनाबारे अनुसन्धान भइरहेको मुस्ताङ प्रहरीले जनाएको छ । चारै जनालाई म्याद थप गरी कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाइएको मुस्ताङका डिएसपी तुलबहादुर कार्कीले नेपालदुतलाई जानकारी दिए ।