गण्डकी सेरोफेरो

हिमालयन संस्था उपल्लो मुस्ताङमा ‘गड फादर’

मुस्ताङको उत्तरीक्षेत्र लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका २ स्थानीय तहमा गुरुङ,लोहा र बिष्ट समूदायको बसोबास छ ।त्यहाँका वासिन्दाको आम्दानीको मुख्य श्रोत हो कृषि,पशुपालन र पर्यटन व्यवसाय ।वर्षायामभरी गरेको कमाईले ६ महिना जीवन धान्न मुश्किल पर्छ ।पर्यटन व्यवसाय पनि ६ महिना मात्र सिजन हुन्छ,त्यसपछि यी २ पालिका बिल्कुल गुमनाम जस्तै हुन्छन् ।हिउँदयाममा त्यहाँका अधिकाँश स्थानीयबासी बैकल्पिक व्यवसायका लागि बेशी झर्छन् ।उपल्लो मुस्ताङका करिव ८० प्रतिशत स्थानीय गरिबीको रेखामा छन् ।त्यहाको जनघनत्व… पुरा पढौ

मुक्तिनाथमा थप पार्किङ स्थल बनाईदै

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकैको पुराङ रानीपौवामा थप अर्को बसपार्क पार्किङ स्थल निर्माण गरिदै छ ।चालु आर्थिक वर्ष ०७५÷०७६ को बिनियोजित १० लाख बजेट मार्फत बसपार्क निर्माण योजना सुरु भएको वारागुङ मूक्तिक्षेत्र गाउँपालिकाले जनाएको छ । पछिल्लो समय मुक्तिनाथ दर्शनका लागि आउने सवारी साधनको संख्या बृद्धि भएपछि साविकको बसपार्क सांँघुरो भएको हो ।साविककै कालोपत्रे बसपार्कको दक्षिणतर्फ अर्को बसपार्क निर्माण हुँने गाउँपालिकाका असिस्टेन सव ईन्जिनीयर मिनबहादुर… पुरा पढौ

अबको ३ दिन मौसमको च्यालेन्ज, सतर्क हुनुहोला

मौसमले एक पटक देशमा च्यालेन्ज दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि सोमबारसम्म तीन दिनसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ ।  भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा बदली हुन लागेको हो ।  यस्तो छ महाशाखाले जारी गरेको विज्ञप्ति– बैशाख २८ गते (शनिवार) दिउँसो– देशभरि  आंशिकदेखि सामान्य बदलि रही  केही  स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित  वर्षाको सम्भावना रहेको… पुरा पढौ

मुस्ताङमा अर्गानिक मलको परिक्षण

प्रायःकृषि व्यवसाय अपनाएका किसानलाई आफुले लगाउने अन्नबालीमा मल कसरी जोहो गर्ने ?।मलकै अभावले धेरैजसो किसानको खेतीयोग्य जमिन बाँझै अवस्था भएको पनि देखिन्छ । घर र गोठ देखि चौपायाबाट उत्पादन गरिएको मल खेतीबारीमा पु¥याउनु पर्ने हैरानी उस्तै छ । कतिपयले त मल अभावमा बिकास मल पनि प्रयोग गर्दै आईरहेका छन् ।उत्पादित मल ओसार्ने हैरानी र बिकासे मल पु¥याउने असरको बिकल्प नया र फरक प्रकार अर्गानिक मल नेपालमा भित्रिएको छ ।यसको बिक्रेता… पुरा पढौ

मुक्तिक्षेत्रमा विश्व शान्तिको कामना गदै ११ करोड म्हाने पुजा हुँने

धार्मिक पर्यटन प्रर्वधन तथा विश्व शान्तिको कामना गर्दै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ मुक्तिनाथ रानीपौवामा आउँदो सोमबार देखि बृहत बज्र गुरु धुङ्ग्युर पुजा सुरु हुँने भएको छ ।मुक्तिनाथ पुराङ रानीपौवा गाउँसमाजले आयोजना गर्ने उक्त पुजामा ११ करोड म्हाने पुजा जप गर्ने लक्ष्य छ । मुक्तिनाथको पुराङ रानीपौवा बजारको पूर्वतर्फको थुम्कोमा ४ वर्ष अघि निर्माण भएको गुरु रिन्र्पोछे बुद्ध मुर्ति पदस्थापनको उपलक्ष्यमा बृहत बज्र गुरु धुङ्ग्युर पुजाको आयोजना गर्न लागिएको गाउँ मुखिया… पुरा पढौ

काफल टिप्न जाँदा लडेर घाइते

स्याङ्जाको पुतली बजार नगरपालिका १४ सानी बैदीका दीर्घ हमाल घाइते भएका छन् । शुक्रबार खेत नजिकैको काफलको रुखमा चढेका उनी अचानक रुखबाट खसेका थिए । अन्दाजी ५५ वर्षका उनलाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ । शुक्रबारै गल्याङ नगरपालिका ६ कटुवामा पनि १ जना खनियाँको रुखबाट खसेर घाइते भएका छन् । ५६ वर्षीय नारायण तिवारीलाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको छ । पुरा पढौ

अस्पतालबाट हराएका बद्रिको शव फेला

तनहुँको बन्दीपुर गाउँपालिका ४ मा रहेको अस्पतालबाट हराएका १ बिरामी मृत फेला परेका छन् । वैशाख १९ गते अस्पतालबाट हराएका भानु नगरपालिका १० का ५६ वर्षीय बद्रीबहादुर बुइडेको शुक्रबार शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले बन्दीपुर ४ को सहिद स्मारक पछाडिको भीरमा शव फेला पारेको हो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

मुस्ताङमा इटालियन पर्यटकको मृत्यु

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ४ स्थित सारेबुङमा एक इटालियन नागरिकको बिहीबार मृत्यु भएको छ । भ्रमणका लागि आएका अन्दाजी वर्ष ६८ का इटालियन नागरिक ः MARCO ROCCUFRANCUFCO MORELIO को बिरामी भएर मृत्य भएको हो । उनको उद्धारका लागि गएको समिट एयरको हेलीकप्टर खराब मौसमको कारण शुक्रबार बिहानमात्र त्यहाँ पुगेको थियो । हेलिकोप्टर पुग्दा उनको मृत्यु भईसकेकाले शव हलिकप्टरबाट जोमसोम ल्याईएको छ । पुरा पढौ

अर्नाकोटमा अव छिट्टै विमान सरर

बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण हुने भएको छ । विमानस्थल निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार भएको हो । मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा ट्वीनअटर विमान आउजाउ गर्नसक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि ‘रियल पार्र्ट इञ्जिनीयरिङ कन्सल्टेन्सी’ले डिपिआर बनाएको इञ्जिनीयर गुरुप्रसाद अधिकारीले बताए । सात सय मिटर लामो रनवेसहित झण्डै एक किमी लामो… पुरा पढौ

मुस्ताङ, लो-घेकर गापालाई पहिलो प्लास्टिक मूक्तक्षेत्र घोषणा

मुस्ताङको ५ स्थानीय तह मध्ये सबैभन्दा बढी छायाँमा परेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले हालै ५ वटै वडालाई खुला प्लास्टिक मूक्तक्षेत्र घोषणा गरेको छ ।गत माघमा गाउँपालिका स्तरीय अध्ययन अवलोकनका क्रममा भारतको सिक्किम पुगेको टोलीले त्यहाँको सिको गर्दै गाउँपालिकालाई प्लास्टिक मूक्तक्षेत्र घोषणा गर्न सफल भएको हो । गाउँपालिकाले कार्यपालिकाको बैठक बसेर यस्तो निर्णय गरेको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । गाउँपालिकालाई कसरी सुन्दर,सफा र वातावरणमैत्री राख्न सकिन्छ भन्ने सिक्किमले धेरैकुरा सिकाएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं