ताजा समाचार

वैशाख ३० गते २०७६

गल लगाएर निकालिए पहिरोमा पुरिएका डोजर चालक

बागलुङको जैमिनी नगरपालिका ८ छिस्तीमा बाटो खन्ने क्रममा सुख्खा पहिरो जाँदा १ जना घाइते भएका छन् । छिस्तीको होपपँधेरा हुँदै जुङ जाने सडक खण्ड खन्ने क्रममा माथिबाट आएको सुख्खा पहिरोले डोजरसहित चालक पुरिएका हुन् । चालक ज्ञानु लामा तितुङको अवस्था गम्भीर छ । डोजरसहित पुरिएका लामालाई स्थानीयले गल लगाएर बाहिर निकालेको राङखानीका दानबहादुर थापाले बताए ।

कामना बिल्डर्स प्रालिको ना१क ६७४३ नम्वरको एक्साभेटरसहित पुरिएका लामाको घर मकवानपुरको हेटौडा हो । उनलाई धौलागिरि अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि पोखरा रिफर गरिएको छ ।