ताजा समाचार

वैशाख २७ गते २०७६

अस्पतालबाट हराएका बद्रिको शव फेला

तनहुँको बन्दीपुर गाउँपालिका ४ मा रहेको अस्पतालबाट हराएका १ बिरामी मृत फेला परेका छन् । वैशाख १९ गते अस्पतालबाट हराएका भानु नगरपालिका १० का ५६ वर्षीय बद्रीबहादुर बुइडेको शुक्रबार शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले बन्दीपुर ४ को सहिद स्मारक पछाडिको भीरमा शव फेला पारेको हो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।