ताजा समाचार

वैशाख ३१ गते २०७६

उपल्लो मुस्ताङको चराङ र जोमसोममा निःशुल्क आँखा शिविर हुँने

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङ र तल्लोक्षेत्र घरपझोङ गाउँपालिका जोमसोममा निःशुल्क आँखा शिविर संञ्चालन हुँने भएको छ ।तिलगंगा आँखा प्रतिष्ठान काठमान्डौको आयोजनामा हुँने आँखा शिविर संञ्चालनको समन्वय जिल्ला सामुदायिक आँखा केन्द्र मुस्ताङले गर्नेे जनाईएको छ ।


जिल्लाभित्रको दुरदराजका गाउँमा बस्ने स्थानीयबासीको असहजतालाई मध्यनजर गर्दै प्रतिष्ठानले यसपटक चराङमा शिविर संञ्चालन गर्ने योजना बनाएको प्रतिष्ठानका बाह्य कार्यक्रम बिभागका नाम्खेन लामाले जानकारी दिए ।उनका अनुसार प्रतिष्ठानले मुस्ताङको जोमसोममा वर्षेनी शिविर संञ्चालन गर्दै आईरहेको छ ।


तिलगंगा प्रतिष्ठानले उपल्लो मुस्ताङको चराङमा यही आउँदो जेष्ठ १० गते र सदरमुकाम जोमसोममा ८ गते आँखा शिविरको तैयारी गरेको हो ।यसका लागि प्रतिष्ठानकी कार्यकारणी अधिकृत एवं वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. रिता गुरुङसहित ५ जना चिकित्सक टोली मुस्ताङ आउने जनाईएको छ ।


तिलगंगा आँखा प्रतिष्ठानले यसपटक दुबै स्थानमा हुँने शिविरका लागि ५ सय जनालाई निःशुल्क आखा परिक्षण,औषधि वितरण गर्ने तैयारी गरेको बाह्य कार्यक्रम बिभागका लामाले जानकारी दिए ।उनका अनुसार शिविरमा आउने आँखाका बिरामीलाई छनौट गरेर करिव ५० जनालाई निःशुल्क आँखाको शल्यक्रिया गर्ने जनाईएको छ ।्िशविरका लागि चाहिने आवश्यक उपकरण ,औषधि खर्च,यातायात र जनशक्ति प्रतिष्ठानले उपलब्ध गराउने छ ।


यस्तै,स्थानीय स्तरमा शिविर संञ्चालन तथा व्यवस्थापनका लागि संम्वन्धित स्थानीय तह,रेडक्रस शाखा,उपशाखा,आमा समुह,महिला समुह र क्लवहरुको सहयोग रहने बाह्य कार्यक्रम बिभागका लामाको भनाई छ ।