ताजा समाचार

वैशाख २८ गते २०७६

मुस्ताङमा अर्गानिक मलको परिक्षण

प्रायःकृषि व्यवसाय अपनाएका किसानलाई आफुले लगाउने अन्नबालीमा मल कसरी जोहो गर्ने ?।मलकै अभावले धेरैजसो किसानको खेतीयोग्य जमिन बाँझै अवस्था भएको पनि देखिन्छ ।
घर र गोठ देखि चौपायाबाट उत्पादन गरिएको मल खेतीबारीमा पु¥याउनु पर्ने हैरानी उस्तै छ ।

कतिपयले त मल अभावमा बिकास मल पनि प्रयोग गर्दै आईरहेका छन् ।उत्पादित मल ओसार्ने हैरानी र बिकासे मल पु¥याउने असरको बिकल्प नया र फरक प्रकार अर्गानिक मल नेपालमा भित्रिएको छ ।यसको बिक्रेता ब्रान्डहरु पनि देशका सहरहरुमा सुरुआत हुँदैछन् ।
क्यानेडियन कम्पनीले यसप्रकारको झोल र गेडे प्रकारको अर्गानिक मलको लञ्च गरेको हो ।क्यानेडिन समून्द्री झारको कच्चा पदार्थबाट क्यानेडियाले यसको उत्पादन गरेको हो ।यस अर्गानिक मलको प्रयोगले स्याँउमा हुनुपर्ने गुणलाई कायम राख्दछ ।

स्याँउ बोटमा फल्ने हरेक फललाई बराबरी समान प्रकारले उत्पान दिन्छ ।अर्गानिक ट्रेड सेन्टरका डिल्लीराम न्यौपानेका अनुसार क्यानेडिय मलको प्रयोगले सुर्यबाट पातले प्राप्त गर्ने अक्सिज ग्रहण गर्ने,स्याँउ लाग्ने संक्रमण संग लड्ने क्षमता बढाउने र जराबाट मल लिन सक्ने बनाउछ ।यस्तै यसको प्रयोगले स्याँउ बोटको फललाई बोक्रा बाक्लो बनाउने भएकाले स्याँउ ढवानीलाई समेत सहज पार्ने उल्लेख गरे ।यसको प्रयोगपछि कुनै पनि मलको आवश्यकता नपर्ने र यस प्रयोगपछि २÷४ दिनमा स्याउ बोटमा सकारात्मक परिवर्तन आउने उनको भनाई छ ।


क्यानेडियन मलको प्रयोग १ वर्षअघि नेपालमा भित्रिएको भारत बिहार र नेपालका मार्केटिङ प्रमुख प्रविनकुमार शाहले बताए ।उनले जुनसकैबालीमा यसको प्रयोग सहज रुपमा गर्न सकिने जनाए ।उनका अनुसार हिमाञ्चल प्रदेशमा स्याउ खेतीमा यसको प्रयोग सफल भएको जनाए ।
क्यानेडियन मलको परिक्षण चितवन र काठमान्डौमा भईरहेको र सकारात्मक प्रतिफल समेत प्राप्त भएको शाहले उल्लेख गरे ।

मुस्ताङमा परिक्षणका रुपमा कम्पनीले निशुल्क प्याकेट र झोल अर्गानिक मल बितरण गरेको छ ।मुस्ताङमा यस कम्पनीका नेपाल शाखा बिक्रेता समेत आएका छन् ।टोलीले वारागुङ,घरपझोङ र थासाङका स्याउ किसानलाई यसको जानकारी र मल बितरण गरेको कम्पनीका हेटौडा ईन्चार्ज पुरुषोक्तम बिष्टले जानकारी दिए ।मुस्ताङपछि टोली मनाङतर्फ जाने बताईएको छ ।