ताजा समाचार

वैशाख २९ गते २०७६

हिमालयन संस्था उपल्लो मुस्ताङमा ‘गड फादर’

मुस्ताङको उत्तरीक्षेत्र लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका २ स्थानीय तहमा गुरुङ,लोहा र बिष्ट समूदायको बसोबास छ ।त्यहाँका वासिन्दाको आम्दानीको मुख्य श्रोत हो कृषि,पशुपालन र पर्यटन व्यवसाय ।वर्षायामभरी गरेको कमाईले ६ महिना जीवन धान्न मुश्किल पर्छ ।पर्यटन व्यवसाय पनि ६ महिना मात्र सिजन हुन्छ,त्यसपछि यी २ पालिका बिल्कुल गुमनाम जस्तै हुन्छन् ।हिउँदयाममा त्यहाँका अधिकाँश स्थानीयबासी बैकल्पिक व्यवसायका लागि बेशी झर्छन् ।उपल्लो मुस्ताङका करिव ८० प्रतिशत स्थानीय गरिबीको रेखामा छन् ।त्यहाको जनघनत्व अन्दाजी ५ हजार पनि पुग्दैन ।


उपल्लो मुस्ताङका धेरैजसो युवापंक्ति बैदेशिक रोजगारका लागि बिदेश छन् ।लोमान्थाङ बजारको केही चहलपहल बाहेक अन्य दर्जनौ गाउँहरुको आर्थिक समस्या कमजोर छ ।सडक संञ्जाल नजोडिदा त झनै त्यहाँको अवस्था ज्यादै नाजुक थियो ।खाद्यान्न ,स्वास्थ्य,शिक्षा,सुरक्षा र दैनिक जीवनयापनका भोगाई समस्या कल्पना सम्म गर्न सकिन्न ।पछिल्लो समय सडकले छोएपछि त्यहाँको जीवन स्तरमा बिस्तारै परिवर्तन आउदैछ ।आशाका किरण छाउँदैछन् ।त्यहाँ मानिसहरुमा चेतनाको स्तरमा बृद्धि देखिन थालेको छ । राष्ट्रिय गौरवको आयोजना कोरलानाका त्यहा चीन संग जोडिदैछ ।जसले उपल्लो मुस्ताङबासीमा ठुलो आशा जगाएको छ ।


उपल्लो मुस्ताङका स्थानीय पहिलेको अवस्थामा राम्ररी नेपाली बोल्न र लेख्न जान्दैनथे ।सरकारले शैक्षिक पहुच बढायो ,स्वाथ्यकेन्द्र खोलियो ।तर,यी सबै पूर्वाधार त्यहाकाँ स्थानीयका लागि पर्याप्त भएनन् ।उपल्लो मुस्ताङका लागि धेरै आवश्यकता खट्किरहेको थियो ।जुन एकै पटक पूरा हुँने सम्भावना थिएनन् ।सुख्खा पठार मरुभुमी फाँट र त्यहाँको सांस्कृतिक चिनारीको संरक्षण,मौलिक संस्कृति,स्थानीय रहन सहन र भेषभुषा त्यहाँको मुख्य पहिचान हो ।यही सम्पदालाई संरक्षण र संम्वद्धन गर्न तथा त्यहाका स्थानीयको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा हातेमालो गर्न आईपुग्यो हिमालयन फाउन्डेसन समुह ।हिमालयन फाउन्डेसनलाई शिक्षा र सांस्कृतिक उत्थानको पाटो जोड्ने गड फादर समुहका रुपमा लिईन्छ ।जुन समुह अमेरीकी दातृ सहयोगी निकायले संञ्चालन ग¥यो ।जसले उपल्लो मुस्ताङको आर्थिक,सामाजिक,शैक्षिक र स्वास्थ्यमा लगानी गर्दै आईरहेको छ ।


हिमालयन फाउन्डेसनले सन् २००३ देखि उपल्लो मुस्ताङमा लगानी गर्दै आईरहेको छ ।यस संस्थाको आर्थिक अनुदानलाई योजनाबद्ध रुपमा कार्यसम्पादन गर्न मुस्ताङी अघोषित राजा जिग्मे परवल बिष्टको अगुवाईमा जिग्मे फाउन्डेसन गठन भयो ।जसलाई अमेरिक हिमालयन फाउन्डेसनले आर्थिक सहयोग प्रदान गरेको छ ।जिग्मे फाउन्डेसनले उपल्लो मुस्ताङमा अवस्थित ऐतिहाँसिक तथा पुरातात्तिक संम्पदा संरक्षण योगदान गरेको छ ।यसले लोघेकर र लोमान्थाङमा अवस्थित पुराना दर्जनौ गुम्बाहरुको मर्मत तथा स्तरोन्नति गर्दै आईरहेको संस्थाका कोषाध्यक्ष एवंम् लोघेकरका गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।


बिदेशी अनुदान सहयोग प्राप्त जिग्मे फाउन्डेसनले उपल्लो मुस्ताङका २ स्थानीय तहका १३ वटा गाउँका सकारी बालबिकासकेन्द्रका स्कुललाई सहयोग पू¥याएको संस्थाका कोषाध्यक्ष बिष्टको भनाई छ ।उनले संस्थाले उपल्लो मुस्ताङको मौलिक स्थानीय भाषा संस्कृतिको प्रर्वधन तथा संरक्षण गर्न ६ वटा स्कुलमा मातृभाषाको पढाई लागु भएको जनाए ।उनका अनुसार उपल्लो मुस्ताङको घीलिङ,घमी,चराङ,लोमान्थाङ,छोसेर र छोनुप लगायतका गाउँका स्कुलमा मातृभाषा शिक्षाका लागि शिक्षकको व्यवस्था गरेको छ ।यस्तै उपल्लो मुस्ताङमा सरकारी स्वास्थ्यकेन्द्र स्थापना भएपनि हिउँदयाममा यहाँका स्वास्थ्यकेन्द्रको उपस्थिती हुँदैन ।जिग्मे फाउन्डेसनले १२ महिना सेवा प्रवाह गर्ने उद्देश्यले यहाँ बैकल्पिक स्वास्थ्यकेन्द्र स्थापना गरेको संस्थाका कोषाध्यक्ष बिष्टले खुलाए ।


यस्तै,उपल्लो मुस्ताङ २ स्थानीय तहका गरिब तथा बिपन्न परिवारका छोराछोरीलाई जिग्मे फाउन्डेसनले सन् २००५ देखि सहयोग पु¥याउँदै आएको हो ।संस्थाले २ पालिकाका गरिब बालवालिकालाई जोमसोम स्थित धौलागिरी बोडिङ स्कुलमा आवासिय शिक्षा दिईरहेको छ ।संस्थाको सहयोगमा पढ्ने यसवर्ष ५८ जना बालवालिका छन् ।फाउन्डेसनले आफ्नै ठाउँमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आफ्नै गाउँ ठाउँको बिकासमा योगदान पु¥याउने उद्देश्यले शिक्षामा ठुलो लगानी गरेको हो ।


उपल्लो मुस्ताङको धार्मिक,सांस्कृति र शैक्षिक बिकासमा लगानी गर्दै आईरहेको अमेरिकी सहयोगी संस्था हिमालयन फाउन्डेसनका पदाधिकारी शुक्रबार अनुगमनका लागि मुस्ताङ आएको हुँन् ।टोलीमा युरिका एनिस्टोन ,नर्वु तेन्जिङ,ब्रुस रिचार्ड मोरी,सारा क्याथाराईन बेकर र मुस्ताङी युवराज बिष्ट छन् ।उनीहरुले उपल्लो मुस्ताङमा जिग्मे फाउन्डेसनले गरेका कामको समिक्षा गर्ने योजना छ ।टोली उपल्लो मुस्ताङ ३ दिन रहेर मंगलबार फर्किने श्रोतको भनाई छ ।