ताजा समाचार

वैशाख २८ गते २०७६

अबको ३ दिन मौसमको च्यालेन्ज, सतर्क हुनुहोला

मौसमले एक पटक देशमा च्यालेन्ज दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि सोमबारसम्म तीन दिनसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ । 

भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा बदली हुन लागेको हो । 

यस्तो छ महाशाखाले जारी गरेको विज्ञप्ति–

बैशाख २८ गते (शनिवार)

दिउँसो– देशभरि  आंशिकदेखि सामान्य बदलि रही  केही  स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित  वर्षाको सम्भावना रहेको छ । 

राति– देशभरि आंशिकदेखि सामान्य बदलि रही  केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । 

बैशाख २९ गते (आईतवार)

दिउँसो– देशभरि  आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । 

राति– देशभरि आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित  वर्षाको सम्भावना रहेको छ । 

बैशाख ३०  गते (सोमबार)

दिउँसो– देशभरि आंशिकदेखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित  वर्षाको सम्भावना रहेको छ । 

राति– देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित  वर्षाको सम्भावना रहेको छ ।