ताजा समाचार

वैशाख २७ गते २०७६

काफल टिप्न जाँदा लडेर घाइते

स्याङ्जाको पुतली बजार नगरपालिका १४ सानी बैदीका दीर्घ हमाल घाइते भएका छन् । शुक्रबार खेत नजिकैको काफलको रुखमा चढेका उनी अचानक रुखबाट खसेका थिए । अन्दाजी ५५ वर्षका उनलाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ ।

शुक्रबारै गल्याङ नगरपालिका ६ कटुवामा पनि १ जना खनियाँको रुखबाट खसेर घाइते भएका छन् । ५६ वर्षीय नारायण तिवारीलाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको छ ।