ताजा समाचार

वैशाख २८ गते २०७६

मुक्तिक्षेत्रमा विश्व शान्तिको कामना गदै ११ करोड म्हाने पुजा हुँने

धार्मिक पर्यटन प्रर्वधन तथा विश्व शान्तिको कामना गर्दै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ मुक्तिनाथ रानीपौवामा आउँदो सोमबार देखि बृहत बज्र गुरु धुङ्ग्युर पुजा सुरु हुँने भएको छ ।मुक्तिनाथ पुराङ रानीपौवा गाउँसमाजले आयोजना गर्ने उक्त पुजामा ११ करोड म्हाने पुजा जप गर्ने लक्ष्य छ ।


मुक्तिनाथको पुराङ रानीपौवा बजारको पूर्वतर्फको थुम्कोमा ४ वर्ष अघि निर्माण भएको गुरु रिन्र्पोछे बुद्ध मुर्ति पदस्थापनको उपलक्ष्यमा बृहत बज्र गुरु धुङ्ग्युर पुजाको आयोजना गर्न लागिएको गाउँ मुखिया छिरिङ वाङ्वो गुरुङले जानकारी दिए ।उनले धुङ्ग्युर पुजाको तैयारी अन्तिम चरणमा पुगेको बताए ।


पुजा तैयारीका लागि भारतिय राजदुताबासले निर्माण गरेको प्रयोग विहिन जीर्ण धर्माशालाको गाउँबासीले स्तरोन्नति गरेका छन् ।करिव ३ जना अटाउने सक्ने उक्त धर्मशालामा गाउँपालिका र स्थानीय प्रशासनको अनुमतिमा बिजुली,खानेपानी तथा अतिआवश्यक बस्तुको जुटाईएको छ ।विगत ५ वर्ष देखि प्रयोग विहिन अवस्थामा रहेको धर्मशालालाई गाउँबासीले सरसफाई गरेर मानिस बस्न योग्य बनाईएको गाउँ प्रतिनिधि सुरज गुरुङले जानकारी दिए ।

यस्तै ,पुजामा आउने धर्मालम्बीहरुको आवासका लागि थप रानीपौवा खेल मैदानमा १५ जना अटाउने १४ थान पालको व्यवस्था गरिएको गाउँप्रतिनिधि सुरजले बताए ।यस्तै,आफैले पालको जोहो गरेर आउने बुद्धिस तिर्थालुलाई बैकल्पिक व्यवस्था समेत गरिने जनाईएको छ ।


उनका अनुसार पुजाका लागि स्वागत गेट निर्माण,रिन्र्पोछेको तस्विरसहितको पोष्टर टाँस्ने र गाउँ सरसफाई आदीको काम सम्पन्न भएको छ ।एक साताअघि देखि पुजा भब्य र सम्भ रुपमा सफल पार्न पुराङ रानीपौवाबासी एकिबद्ध भएर जुटेको उनको भनाई छ ।


उक्त पुजामा हिमाली तथा देशका बिभिन्न स्थानबाट करिव १ हजार बढी बुद्धिस धर्मालम्बीहरु मुक्तिनाथ आगमन हुँने अपेक्षा आयोजकको अनुमान छ ।आयोजकले काठमान्डौबाट ३ सय ५० जना,पोखराबाट १ सय जना,मनाङबाट १ सय जना,वारागुङ मुक्तिक्षेत्रबाट ३ सय ५० जना,जोमसोम देखि तलबाट १ सय ५० जना बुद्धिस तिर्थालु आउने आयोजकको दावी छ । धुङ्ग्युर पुजामा आउने आगन्तुकहरुका लागि यातायात ,आवास र भोजनको निःशुल्क व्यवस्था गरिएको छ ।आयोजक पुराङबासीका अनुसार पुजामा करिव ५० लाख बढी खर्च हुँने जनाएको छ ।


बज्र गुरु धुङ्ग्युर पुजाका लागि व्यक्तिगत र बिभिन्न संघसंस्था र प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेको गाउँमुखिया छिरिङ वाङ्वो गुरुङले जनाए ।विश्वमा अशान्ति होईन शान्ति छाओस,अहिंसा ,भोक रोग ,ग्रहशान्ति होस् र मानवीय हितका लागि पुजा आयोजना भएको आयोजक पुराङ रानीपौवाबासीको भनाई छ ।

पुजामा सहभागीहुने तिर्थालुले जम्ने सरदर म्हानेलाई औसतमा गणना गरेर ११ करोड म्हाने जप पू¥याउने छ ।जति धेरै म्हाने जप्ने तिर्थालु सहभागी हुन्छन् पुजा पनि सोही अनुसार कम दिन लाग्ने जनाइएको छ ।पुजा करिव १५ दिन देखि १ महिना सम्म लम्बिने आयोजकको भनाई छ ।