गण्डकी सेरोफेरो

मुस्ताङमा अन्तर बिद्यालय स्तरीय चिल्ड्रेन उपराष्ट्रपति खेलकुद संम्पन्न

मुस्ताङको जोमसोममा चिल्ड्रेन उपराष्ट्रपति खेलकुद प्रतियोगिता भएको छ ।जिल्ला खेलकुद बिकास समितिको आयोजनामा शुक्रबार भएको प्रतियोगितामा ३ स्थानीय तहका १० बिद्यालयले सहभागिता जनाएका छन् । ‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने उद्घोषसहित सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले उद्घाटन गरे ।सांसद थकालीले बिद्यार्थीको बौद्धिक बिकासमा शारिरीक अभ्यास महत्वपूर्ण भएको बताए ।उनले मुस्ताङमा विगत देखिनै छिटफुट मोफसलमा घरेलु प्रतियोगिता हुँने गरेपनि खेल जनशक्ति निर्माणमा चुनौति रहेको जनाए ।सांसद थकालीले… पुरा पढौ

मुस्ताङमा बार्षिक ६० हजार विदेशी पर्यटक

आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण गन्तव्य हिमालपारी मुस्ताङमा वर्सेनि औसत ६० हजार विदेशी पर्यटक भित्रिने गरेको अन्नपूर्ण संरक्षेत्र आयोजना एक्याप जोमसोम स्थित चेकपोष्टले जनाएको छ । सन् २०१६ देखि यता सोही अनुपातमा बिदेशी पर्यटक मुस्ताङ आउने गरेका हुन् । एक्याप जोमसोमका अनुसार मुस्ताङ भ्रमण गर्ने बिदेशी पर्यटकमा ४५ प्रतिशत भारतीय,५० प्रतिशत फरेनर र ५ प्रतिशत अन्य सार्क मुलुकका छन् ।एक्यापका पर्यटन सहायक शिव पुर्जाका अनुसार सन् २०१९ को चालुवर्ष जनवरी… पुरा पढौ

चट्याङले २८ वटा भेडा खायो

लमजुङको दूधपोखरी गाउँपालिका–१, मलेया डाँडामा रहेको घुम्ती भेडीगोठका २८ वटा भेडा मरेका छन् । गएको वैशाख २८ गते शनिबार साँझ परेको चट्याङ लागेर भेडीगोठका २८ वटा भेडा मरेको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले जानकारी दिए । चट्याङ लागेर भेडा मरेको खबर पाएसँगै वैशाख ३० गते नै गुरुङसँगै दोर्दी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक विनोदप्रसाद कट्टेल र भेडापालन समूहका १३ जना किसान… पुरा पढौ

खाद्य शाखाको रासन घरेलु मदिरा र कुखुराको दानामा

मुस्ताङको जोमसोममा अवस्थित नेपाल खाद्य संस्थान मुस्ताङ शाखाले बिक्री बितरण गर्ने खाद्य बस्तु घरेलु मदिरा र कुखुराको दानामा प्रयोग भएको पाईएको छ ।खाद्यले उपलब्ध गराउने चामल र गहु आदी जस्ता सामाग्री पछिल्लो समय सर्वसाधारणले खानका लागि नभई व्यवसायिक प्रयोजनमा खरित्ने गरेको शाखाको बुझाई छ । कुनै समय स्थानीय सेवाग्राहीलाई खाद्य बस्तु उपलब्ध गराउन भ्याई नभ्याई हुँने संस्था पछिल्लो समय सडक संञ्जाल जोडिएपछि एकाएक ओझेलमा पर्न थालेको हो । खाद्य संस्थान… पुरा पढौ

प्रहरीकै पैसा लिएर भागे लागुऔषध कारोबारी

जिल्लामा लागुऔषधको प्रयोग भइरहेको जानकारी पाएको प्रहरीले ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिने प्रयास गरेको भएपनि असफल भएको जनाएको छ । साधा पोशाकमा प्रयोगकर्ताको रूपमा लागुऔषध खरीद गर्न पुगेका प्रहरीलाई नै ओसारपसारमा संलग्न एक व्यक्तिले रु १० हजार ५०० ठगेर बेपत्ता भएका छन् । पर्वतको मालढुङ्गामा लागुऔषध खरीदका लागि पुगेका प्रहरीसँग रकम लिएर लागुऔषध लिन भन्दै हिँडेका कुमार भनेर चिनिने एक व्यक्ति बीचैबाट फरार भएको शर्माले जानकारी दिए । “पहिले पैसा लिएर… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गतको काम तीव्र

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गतको काम तीव्र गतिमा अघि बढेको छ । दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा कार्यालय भवन, श्रमिक आवास क्षेत्र र पहुँचमार्ग निर्माण सुरु गरेको हो । दोस्रो प्याकेजअन्तर्गतको कामका लागि पूर्वाधार निर्माण तीव्रगतिमा भइरहेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्धक अच्युतबाबु घिमिरेले जानकारी दिए । सिनो हाइड्रोले सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानका लागि ठेक्का… पुरा पढौ

जोमसोम गुम्बा नजिक संम्भावित दुर्घटना ट¥यो,चालकको चरम लापारवाही

मुस्ताङ सदरमुकाम जोमसोममा मंगल साँझ संम्भावित दुर्घटना टरेको छ ।पोखरा देखि मुस्ताङ आएको ग १ ञ १०९९ नम्बर प्लेट भएको एक स्कर्पियोको टायरले जोमसोम गुम्बा नजिक अन्दाजी ३ केजी बराबरको ढुङ्गा उडाउदा सोही स्थानको बिश्राम रेष्टुरेन्टमा बेजोडले बजारियो ।ढुङ्गा बजारिदा रेष्टुरेन्टका सबै जना त्रसित बने । जोमसोम गुम्बा नजिक दिनहु दर्जनौ सवारी साधन अन्धाधुन्द पार्किङ गरिएको हुन्छ ।यस्तै पुथाङ बजार सम्म पार्किङ अव्यवस्थित छ ।होटलकी संञ्चालिक मनिता थकालीका अनुसार उक्त… पुरा पढौ

माछा मार्न जाँदा नदीमा बेपत्ता

मंगलबार माछा मार्न गएका भानु नगरपालिका ९ पातलेका शेरबहादुर गुरुङ नदीमा बेपत्ता भएका छन् । ४५ वर्षका गुरुङ मर्यास्ङदी नदीमा बेपत्ता भएका हुन् । उनी बेपत्ता भएको थाहा भएपछि तत्कालै प्रहरी टोली खटिई खोजी जारी रहेको प्रहरीले जनाएको छ । पुरा पढौ

उपल्लो मुस्ताङको चराङ र जोमसोममा निःशुल्क आँखा शिविर हुँने

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङ र तल्लोक्षेत्र घरपझोङ गाउँपालिका जोमसोममा निःशुल्क आँखा शिविर संञ्चालन हुँने भएको छ ।तिलगंगा आँखा प्रतिष्ठान काठमान्डौको आयोजनामा हुँने आँखा शिविर संञ्चालनको समन्वय जिल्ला सामुदायिक आँखा केन्द्र मुस्ताङले गर्नेे जनाईएको छ । जिल्लाभित्रको दुरदराजका गाउँमा बस्ने स्थानीयबासीको असहजतालाई मध्यनजर गर्दै प्रतिष्ठानले यसपटक चराङमा शिविर संञ्चालन गर्ने योजना बनाएको प्रतिष्ठानका बाह्य कार्यक्रम बिभागका नाम्खेन लामाले जानकारी दिए ।उनका अनुसार प्रतिष्ठानले मुस्ताङको जोमसोममा वर्षेनी शिविर संञ्चालन गर्दै… पुरा पढौ

गल लगाएर निकालिए पहिरोमा पुरिएका डोजर चालक

बागलुङको जैमिनी नगरपालिका ८ छिस्तीमा बाटो खन्ने क्रममा सुख्खा पहिरो जाँदा १ जना घाइते भएका छन् । छिस्तीको होपपँधेरा हुँदै जुङ जाने सडक खण्ड खन्ने क्रममा माथिबाट आएको सुख्खा पहिरोले डोजरसहित चालक पुरिएका हुन् । चालक ज्ञानु लामा तितुङको अवस्था गम्भीर छ । डोजरसहित पुरिएका लामालाई स्थानीयले गल लगाएर बाहिर निकालेको राङखानीका दानबहादुर थापाले बताए । कामना बिल्डर्स प्रालिको ना१क ६७४३ नम्वरको एक्साभेटरसहित पुरिएका लामाको घर मकवानपुरको हेटौडा हो ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं