ताजा समाचार

जेठ ६ गते २०७६

फोहोरको दुर्गन्धले आसपासका स्थानीय हैरान

घर र बस्ती आसपासमा फोहोरको दुर्गन्धले स्थानिय हैरानी भएका छन् । तनहुँको भिमाद नगरपालिकामा ल्याण्डफिल्ड लाइटको अभावमा बस्ती नजिकै फोहरमैला फालिँदा स्थानीयवासी हैरानी भएका हुन् ।

भिमाद बजारमा सङ्कलित फोहरमैला भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानास्थित सेती नदीको तिरमा फालिदै आएको छ । पिडित एकबहादुर रानाले फोहर जलाएको धुवाँ र दुर्गन्धले गर्दा यहाँका स्थानीयवासीलाई सास्ती भएको बताए ।

भिमाद नगरपालिकाले नगरपालिकाले फोहर व्यवस्थापन गर्ने जिम्मा तनहुँ उद्योग वाणिज्य सङ्घ भिमाद बजार एकाइलाई दिइएको छ । एकाइ सभापति चतुर्भुज सुवेदीले भने व्यवस्थित तरिकाले नै फोहरको डम्पिङ गर्ने गरेको बताए ।

उनका अनुसार फोहर फाल्न उक्त ठाउँलाई छनोट गर्दा बस्ती थिएन । अहिले बस्ती बाक्लिदै गएपछि स्थानीयवासी प्रभावित भएको आफूहरुले पनि महसुस गरेको उनले जानकारी दिए । उनका अनुसार फोहर फाल्नलाई वैकल्पिक स्थानको खोजी भइरहेको छ । अहिले अव्यवस्थित तवरले नदी छेउमा खुलारुपमा फोहर फ्याँक्ने गरिएको छ ।