ताजा समाचार

जेठ ६ गते २०७६

बम बनाउँदा बिस्फोट, २ घाइते

पर्वतमा बम बनाउँदै गर्दा भएको बिस्फोटमा परि २ जना घाईते भएका छन् । आईतबार साँझ जिल्लाको बिहादी गाउँपालिका ६ शालिग्राममा फलामको रडमा बारुद्ध भरेर बम बनाउँदै गर्दा बिस्फोट भएको थियो । बिस्फोटमा परि घाईते हुनेहरुमा बिहादी ६ का २७ बर्षिय छबिलाल घर्ती र १९ बर्षिय समिर राना घाइते भएका छन । घाईतेमध्य घर्तीको अबस्था भने गम्भीर रहेको बताईएको छ ।

उनको मिसन अस्पतालमा पाल्पामा उपचार भैरहेको छ भने घाइते रानाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनीहरुले खोलामा माछा मार्नका लागि सलाईको बारुद्ध भरेर बम बनाउने गरेको पाइएको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।