ताजा समाचार

जेठ ४ गते २०७६

२५६३ औं बुद्ध जयन्तीः पुस्तक पदयात्रासहित जोमसोम गाउँ परिक्रमा

आज बैशाख शुक्लपुर्णिमा,बुद्ध जन्मिएको पावन सुभ दिन ।यस अवसरमा मुस्ताङको जोमसोममा २५६३ औं बुद्ध जयन्ती धार्मिक परम्परा अनुसार पुजापाठ तथा बौद्ध धार्मिक पुस्तक पदयात्रा भएको छ । जोमसोम स्थित गुम्बाका लामा,स्थानीयबासी,बिभिन्न बिद्यालयका बिद्यार्थी महिला समुह र युवाक्लव लगायतले बिभिन्न गाउँ परिक्रमा गरे ।


जोमसोम स्थित चेछेन छ्योखोरलिङ गुम्बा तथा जोमसोम गाउँ समाजको संयुक्त आयोजनामा शनिवार पुस्तक पदयात्रा गरिएको हो ।पुस्तक बोकी गाउँ परिक्रमामा निस्किएको स्थानीय धार्मिक पदयात्री समूहले जोमसोम ,ठिनी,हाडी गाउँ हुँदै जोमसोम गुम्बामा समापन भयो ।पुस्तक पदयात्रीहरुले जोमसोम गुम्बा र जोमसोम पुजा घरमा अवस्थित बौद्ध पुस्तकलाई बाजागाजासहित गाउँ घुमाईएको थियो ।


लामा पुस्तकलाई स्थानीयबासीले अलग अलग कपडामा पोको पारेर बोकेर डुलाउनु र गाउँको घरदैलोमा पुस्तकसहित पुगेका पदयात्रीको पुस्तकलाई प्रत्येक घरका सदस्यहरुले ढोग्ने प्रचलन छ ।पुस्तक ढोगेर आर्शिवाद ग्रहण गर्नाले धार्मिक मोक्ष प्राप्त हुँने जनबिश्वास छ ।


पुस्तक पदयात्रा अघि गुम्बाका बरिष्ठ लामाले बुद्ध जयन्तीको औचित्य र पुस्तक पदयात्राका बारेमा जानकारी गराएका थिए ।पुस्तक परिक्रमा पदयात्रामा जोमसोमका करिव १ सय बढीको उपस्थिती रह्यो ।यसअघि जोमसोम चेछेन छ्योखोरलिङ गुम्बाबाट धार्मिक पुजापाठसहित पुस्तक पदयात्रा सुरुआत गरिएको नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले जानकारी दिए ।पदयात्रा अघि संरक्षक देवताको प्राण प्रतिष्ठान गरिएको उनले बताए ।


जोमसोम गाउँ मुखिया रामप्रसाद थकालीले बौद्ध धार्मिक पुजा तथा परिक्रमाले विश्वमा शान्ति कायम गर्ने,अहिसा, सदाचार भातृत्व अभिबृद्धि गर्ने, प्राकृतिक प्रकोपलाई अनुकुलन गराउने,भोग रोगलाई हटाउने, मनुष्यले गर्ने गतिबिधिलाई सत्मार्गमा लाग्न उर्जा प्रदान गराउने र मुनुष्यद्धार लगाईएका अन्नबाली राम्रो हुँने उनको भनाई छ ।


हिमाली जिल्ला मुस्ताङ बौद्धधर्मालम्बीहरुको बाहुल्यता भएको जिल्ला हो ।यहाँका अधिकाँश समूदायले बौद्ध धर्म मान्ने गरेको पाईएको छ ।बुद्ध जयन्तीकै अवसरमा उपल्लो मुस्ताङको लोमान्थाङ र चराङमा पनि बिभिन्न धार्मिक कार्यक्रम गरी मनाईएको छ ।

यस्तै ,मुस्ताङको कागबेनी,मुक्तिनाथ,ठिनी,मार्फा,स्याङ,टुकुचे लगायतका स्थानमा पनि पुस्तक पदयात्रा र धार्मिक अनुष्ठान भएको छ ।

पदयात्रीको पुस्तकलाई प्रत्येक घरका सदस्यहरुले ढोग्ने प्रचलन छ ।
पुस्तक पदयात्रा