ताजा समाचार

जेठ ६ गते २०७६

जोमसोममै सव– ईन्जिनियर हुँने मौका

मुस्ताङ सदरमुकाम जोमसोममा सिभिल ईन्जिनिरिङ कक्षा संञ्चालन भएको छ।जोमसोमको जनहित माध्यमिक बिद्यालयले सिभिल कक्षा सुरुआत गरेको हो ।


विद्यालयले शिक्षा बिज्ञान तथा प्राविधि मन्त्रालय सिभिल पढाईका लागि आवेदन पठाएको हो ।मन्त्रालयले ७७ वटै जिल्लामा प्राविधिक बिषय कोटाका लागि आहवान गरेपछि जनहितले कोटा पाएको हो ।


बिज्ञान तथा प्रविधि मन्त्रालयमा करिव ३हजार बढी आवेदन परेको थियो ।यसमध्ये मुलुकभर १ सय ७ विद्यालय छनौट भएकोमा जनहितले अवसर पाएको हो ।मुस्ताङको ८ मध्ये घरपझोङको जनहित बिद्यालयको मात्र आवेदन परेको शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख टंकराज बरालले बताए ।जनहित विद्यालयले अनुमति पाएसंगै अब मुस्ताङमा प्राविधिक विद्यालयको संख्या २ पुगेको छ ।थासाङ २ कोवाङमा जनआदर्श माविले ५ वर्षअघि कृषि बिषयका लागि अनुमति पाएको हो ।


प्राविधिक अनुमति पाएका विद्यालयलाई सरकारले प्रशिक्षक र सहायक प्रशिक्षक दरबन्दीका साथै ल्याबको समेत व्यवस्था गर्ने छ ।जनहित माध्यमिक विद्यालयले पहिलो वर्ष कक्षा ९ बाट सिभिल कक्षा सुरुआत गरेको विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीले जानकारी दिए । सिभिल कक्षा १२ पास गरेका विद्याथीले सवईन्जिनियरिङको लागि लोक सेवा परीक्षा तथा बि.ई. पढ्न पाउने व्यवस्था भएको छ ।


जनहित मावि जोमसोममा यसवर्ष कक्षा ९ मा १७ जना विद्यार्थी छनौट भएका छन् ।जसमा छात्र ७ र छात्रा १० जना छन् ।सिभिल ईन्जिनीयर बिषयका प्रशिक्षक उमेश कडेलले कक्षा ९ को पहिलो कोर्षमा ६ वटा बिषय रहेको बताए ।उनका अनुसार कम्प्यूटर,निर्माण कन्ट्रक्सन,सर्वे,खानेपानी,सिकर्मी लगायतका बिषय छन् ।यस्तै कक्षा १० को दोश्रो वर्षमा बिल्डिङ,रोड कन्ट्रक्सन,लागत स्टमेट र डिजाईन संम्वन्धि बिषय थपिने छन् ।

प्रशिक्षक कडेलले विद्यार्थीलाई सिभिल तर्फको पढाईका साथै स्थानीय स्तरको फिल्ड अभ्यास समेत गराईने जानकारी दिए ।