ताजा समाचार

जेठ ५ गते २०७६

भानु नगरपालिकामा तालाबन्दी

नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आइतबार बिहान तालाबन्दी गरेका छन् । छनोट प्रक्रिया विपरित अयोग्य उम्मेदवारलाई उत्तीर्ण गराएको भन्दै उनीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

यसै विषयलाई लिएर शुक्रबारसमेत कार्यालयमा तालाबन्दी गरेका स्थानीयवासीले पुनः आइतबार बिहान तालाबन्दी गरेका छन् । स्थानीयवासीले लगाएको ताला प्रहरीले शुक्रबार बल प्रयोग गरेर खुलाएको थियो । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विधि र प्रक्रिया पु¥याएरै नगर प्रहरी छनोट गरिएको दाबी गरे ।