ताजा समाचार

जेठ ६ गते २०७६

नीजि जग्गामा घमीका ५८ घरधुरीले गरे बृहत सामूदायिक स्याँउ खेती

मुस्ताङमा सामुदायिक स्याँउ खेती गर्ने चलन नौलो होईन ।यहाँ नदी किनारामा खेर गईरहेका जमिनमा सामुदायिक स्याँउ खेती भएको छ ।


मुस्ताङमा सामुदायिक स्याँउ खेती संञ्चालन भएको धेरै भएको छैन ।जिल्लाको वाराग्ुङ गापाको ताङ्वे फाँट,जोमसोमको फ्यान्ताङ,स्याङ खोला,टुकुचे र मार्फा लगायतका स्थानमा व्यापक सामुदायिक स्याँउ खेती गरिएको छ ।यि सबै ठाउँमा भएका स्याँउ खेती सरकारी खेर गईरहेका जग्गा अन्तर्गत पर्छन् ।संघीयता कार्यान्वयनपछि यस्ता खेर गएका जमिनको उपयोगबारे यथेष्ठ कानुन नआउदा स्थानीयबासी निराश छन् ।स्याउ खेती बिस्तारले यहाँको पर्यावरण तथा सुन्दरतामा योगदान पुगेको छ । परम्परागत स्याँउ खेतीले नदी कटान रोक्ने,सौन्दयता बढाउने र स्थानीयको जिवन स्तर सुधारमा सहयोग पुग्ने निश्चित छ ।


उपल्लो मुस्ताङको घमी गाउँमा भने फरक प्रकारले सामुदायिक स्याउ खेती सुरुआत भएको छ ।लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले सामूहिक स्याँउ खेतीको अवधारणा ल्याएका हुन् ।अहिले घमीका ५८ घरधुरीले आफ्नै नीजि जग्गालाई बृहत सामुदायिक स्याँउ खेतीमा रुपान्तरण गरेका हुँन् ।नीजि लालपुर्जा भएको जग्गाका घरधुरीलाई संयुक्त रुपमा स्याँउ खेतीमा जोडिएको गाउँपालिका अध्यक्ष बिष्टले बताए ।

सामूदायिक रुपमा स्याँउ खेती गर्ने प्रत्येक घरधुरीले उत्पादनपछि ७० प्रतिशत प्राप्त गर्ने र ३० प्रतिशत बास्केट फन्डमा जम्मा गर्ने प्रावधान ल्याईएको छ ।सामुदायिक बाँस्केट फन्डको आम्दानी ५८ घरधुरीलाई समान रुपमा बितरण गरिने अध्यक्ष बिष्टले जानकारी दिए । घमीको सामुदायिक स्याँउ खेती मुस्ताङकै नीजि जग्गा प्रयोग गरेर थालिएको पहिलो हो ।

सुरुआति वर्ष ४ हजार स्याँउका बिरुवा लगाईएको र अर्को वर्ष १२ हजार स्याँउका बिरुवा लगाउने योजना रहेको सुनाए ।मुस्ताङका ५ वटै स्थानीय तहलाई स्याँउ जोनको रुपमा घोषणा गरिएको छ ।यसवर्ष मुस्ताङको लोमान्थाङ बाहेक सबै स्थानीय तहमा स्याँउ जोनमा जोडिएका हुन् ।

मुस्ताङमा करिव १२ सय हेक्टरमा स्याँउ खेती गरिएको भएपनि अर्को वर्ष स्याँउ खेतीको क्षेत्रफल बृद्धि हुँने निश्चित भएको छ ।मुस्ताङमा ४ सय ५० हेक्टर जमिनमा लगाईएका स्याँउले मात्र उत्पादन दिईरहेको छ ।