गण्डकी सेरोफेरो

विद्यालयमा भ्रष्टाचार गरेको भन्दै प्रअ थापा विरुद्ध अख्तियारद्धारा मुद्धा दायर

नक्कली कागजात बनाएर अस्थाई शिक्षिकाको तलव खाएको र अबैधानिक रुपमा शिक्षक भर्ना गरी भ्रस्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रधानाध्यापक विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । बाग्लुङको भिमगिठे स्थित माँझखर्क प्राथमिक विद्यालयका प्रधानाध्यापक विजयबहादुर थापाले सट्टा शिक्षकको नाममा सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रअ थापाले सो विद्यालयमा अध्यापन गराउने अस्थायी शिक्षिका चन्दा थापा विसं २०७२ चैतदेखि विद्यालयमा अनुपस्थित… पुरा पढौ

समाजिक अभियान्ता अनिलको पहलमा मृगौला पिडितलाई आर्थिक रकम सहयोग

सहकार्य र सहयोजनामा गरिएको सामुहिक कार्यले सकरात्मक परिणाम अवश्य पनि पाउन सकिन्छ भन्ने उदाहरण "मगरसंसार फोटो ग्यालेरी पेज" र "मगर संसार फोटो ग्यालेरी ग्रुप पेज" ले प्रमाणित गरेको छ । विगत दुई बर्ष देखि दुबै मृगौलाले काम गर्न छाडेपछि मासिक एक लाख खर्च गरेर उपचार गराउदै आएकी कल्पना पुनमगरलाई समाजिक अभियान्ता अनिल थापामगरको मुख्य सक्रियतामा विभिन्न देशबाट संकलन गरिएको उक्त रकम कल्पनालाई सहयोग गरिएको छ । सामाजिक अभियान्ता तथा मगर… पुरा पढौ

नगरपालिकाद्धारा अपांगता परिचय पत्र वितरण सुरु

तनहुँको शुक्लागण्डकी नगरपालिकाले अपांगता भएका व्यक्तिलाई परिचयपत्र वितरण प्रक्रिया सुरु गरेको छ । दुलेगौंडास्थित नगर स्वास्थ्य शाखामा बुधबारबाट पहिलो दिन वडा नम्बर १ देखि ७ सम्मका वडाका अपांगता भएका व्यक्तिको निवेदन र शारीरिक अवस्था जाँच गरिएको भने बाँकी ५ वडाका अपांगता भएका व्यक्तिको स्वास्थ्य परीक्षण बिहीबार गरिदै छ । कागजात पुगेका निवेदन, शारीरिक अवस्था, चिकित्सकको सिफारिस र परिचयपत्र वितरण कार्यविधिका आधारमा परिचयपत्र वितरण गरिने उपप्रमुख रसाइलीले जानकारी दिइन् । अपांगता… पुरा पढौ

ट्राफिक जामलाई ब्यवस्थित गर्न ‘नो पार्किङ’

बागलुङ बजारमा बढ्दो ट्राफिक जामलाई व्यवस्थापन गर्ने कार्य सुरु गरिएको छ । बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, उद्योग बाणिज्य संघ र नगरपालिकाको पूर्वाधार विकास समितिको संयुक्त पहलमा बजारमा दुई पाग्रे्रे सवारीहरुको ट्राफिक व्यवस्थापन सुरु गरिएको हो । पूर्वाधार विकास उपसमितिका संयोजक अर्जुन घिमिरेका अनुसार दुई पांग्रे सवारी साधनहरु सडकको दुवै तर्फ जथाभावि पार्किङ्ग गर्द सडक जाम बढ्दै गएकाले व्यवस्थापनको लागि सडकमा नो पार्किङको बोर्ड… पुरा पढौ

गण्डकी प्रदेशका विभिन्न जिल्लाका खानेपानी आयोजनाहरुको अनुगमन

पालुङ्टार ४ गोरखामा संचालित वोहोरागाउँ ग्रामिण खानेपानी उपभोत्ता समितिका पदाधिकारीहरुले विभिन्न खानेपानी आयोजनाहरुको अनुगमन गरेको छ । उक्त समितिका पदाधिकारी सहित अनुगमन तथा मुल्यांकन समिति र खानेपानी आयोजनामा कार्यरत प्राविधिकहरुले गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका सफल खानेपानी आयोजनाहरुको अध्यायन अनुगमन भ्रमण गरेको हो । समितिका अध्यक्ष सरोज देवकोटाको नेतृत्वमा हिँडेको उक्त टोलीले तनहुँको आवुँखैरेनी खानेपानी आयोजना र नवलपुर स्थित कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको अध्यायन अवलोकन गरेको छ ।… पुरा पढौ

मुस्ताङ : ३ स्थानीय तहका ५ सय २८ आँखाका बिरामी मध्ये ३० जनाको शल्यक्रिया

तिलगंगा आँखा प्रतिष्ठान केन्द्र काठमान्डौका आयोजना तथा जिल्ला सामूदायिक आँखा केन्द्र मुस्ताङको समन्वयमा बुधबार जोमसोम अस्पतालमा भएको आँखा शिविरमा ३ स्थानीय तहका ५ सय २८ आँखाका बिरामी मध्ये ३० जनाको शल्यक्रिया भएको छ। प्रतिष्ठानद्धारा जोमसोममा भएको पहिलो चरणको बृहत आँखा शिविरमा मुस्ताङको तल्लोक्षेत्रका ३ स्थानीय तहका सेवाग्राहीले स्वास्थ्य लाभ लिएको मुस्ताङ सामुदायिक आँखा केन्द्रकी संयोजक रुमिला नेपालीले जानकारी दिईन् ।उनका अनुसार बुधबार भएको शिविरमा ३० जनाको आँखाको मोतियाबिन्दुको निःशुल्क अप्रेशन… पुरा पढौ

मुस्ताङ : यार्सा लेंकमा समितिको निगरानी

मुस्ताङका लेंकहरुमा यतिबेला यार्सा संङ्कलन सुरु भएको छ ।यार्साका लागि बिभिन्न जिल्लाबाट आएका सर्वसाधारणले लेंकको चहलपहल बढेको हो ।गैर काष्ठ तथा बनपैदावारको रुपमा परिचित हिमाली लेंकमा पाईने महत्वपूर्ण जटिबुटी यार्सा खोज्न यसवर्ष पनि सर्वसाधारणको भीड लागेको छ । यसपालि अन्नपूर्ण संरक्षण आयोजना एक्याप निकट सहयोगी संरक्षणक्षेत्र व्यवस्थापन समितिहरुले आ–आफ्ना लेंकहरुमा धमाधम यार्सा गुम्बा संकलन पूर्जी फुकुवा गर्न थालेका छन् ।पूर्जी फुकुवा गर्दा समितिले लेंकमा हुने अवैध गतिबिधि रोक्न र सरकारले… पुरा पढौ

सडेगलेको अवस्थामा बेवारिसे शव फेला

तनहुँमा एक बेवारिसे शव फेला परेको छ । म्याग्दे गाउँपालिका–४ घुम्तीमा नाम, वतन नखुलेको पुरुषको शव फेला परेको हो। घुम्तीको खेतमा पानी लगिएको नहरबाट वेवारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीका अनुसार करिब ३५/४० वर्षीय पुरुषको शव मंगलबार साँझ खेतबाट निकालिएको छ। उनको बारेमा केही पनि नखुलेकाले मारेर फालिएको हो वा मापसे गरेको अवस्थामा पानी परेर बढेको नालामा परेर मृत्यु भएको भन्ने यकिन गर्न अनुसन्धान भैरहेको जिल्ला… पुरा पढौ

मुस्ताङःढुम्बातालसंगै ठिनी हिउँ चितुवा गुफाको क्रेज बढ्यो

मुस्ताङमा ओझेलमा परेका थुप्रै पर्यटकीय गन्तब्य छन्,जसलाई प्रचार–प्रसार र स्तरोन्नतिको खाँचो छ ।गण्डकी प्रदेशले हालै ११ वटा जिल्लामा रहेका १ सय १० संम्पदालाई पर्यटकीय गन्तब्यमा सूचिकृत ग¥यो ।जसमध्ये एक प¥यो ठिनीको हिउँ चितुवा गुफा ।पछिल्लो समय ढुम्बातालसंगै ठिनी हिउँ चितुवा गुफाको क्रेज समेत बढेको छ । मुस्ताङको घरपझोङ गाउँपालिका ५ ठिनी नजिकै गुफा अवस्थित छ ।गुफालाई हिउँ चितुवा बस्ने बाँसस्थानको रुपमा पनि लिईएको छ ।गुफाको ऐतिहाँसिक तथा धार्मिक महत्व छ… पुरा पढौ

मगर समुदायको सामाजिक र सांस्कृतिक पक्षको आयाम हो माघेसक्रांति

उत्पत्तिमाघेसक्राति मनाउने शैली र खानाका परिकारहरूका आधारमा यो चाडको विकास सिकारी युग (hunting gathering age) मा भएको बुझिन्छ । माघेसक्रातिमा धनुवाण खेल्ने, वनजंगलमा गएर तरुल, गिठा–भ्याकुर जस्ता कण्दमुल संकलन गर्ने परम्पराले सिकारी युगको झल्को दिन्छ, भने बारीमा उम्रेका जौंका मुना (झोप्ल्यानी) उखेलेर पितृलाई चढाउने तथा मानिसले सिउरिने र दहीचामलको सेतो टीका लगाउने चलनले सिकारी युगबाट भर्खर कृषियुगमा प्रवेश गरेको समयलाई प्रतिविम्बित गर्दछ । रुकुमका कुनै भेगका मगरहरूले माघेसक्रातिमा सिस्नो खेल्ने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं