ताजा समाचार

जेठ ९ गते २०७६

ट्राफिक जामलाई ब्यवस्थित गर्न ‘नो पार्किङ’

बागलुङ बजारमा बढ्दो ट्राफिक जामलाई व्यवस्थापन गर्ने कार्य सुरु गरिएको छ ।

बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, उद्योग बाणिज्य संघ र नगरपालिकाको पूर्वाधार विकास समितिको संयुक्त पहलमा बजारमा दुई पाग्रे्रे सवारीहरुको ट्राफिक व्यवस्थापन सुरु गरिएको हो ।

पूर्वाधार विकास उपसमितिका संयोजक अर्जुन घिमिरेका अनुसार दुई पांग्रे सवारी साधनहरु सडकको दुवै तर्फ जथाभावि पार्किङ्ग गर्द सडक जाम बढ्दै गएकाले व्यवस्थापनको लागि सडकमा नो पार्किङको बोर्ड राखिएको छ ।

हप्तामा आईतबार, सोमबार, मंगलबार एक साईड र बुधबार, बिहीबार र शुक्रबार अर्को साईडमा पार्किङ निशेध गरिएको छ । शनिबार सरकारी कार्यालय र धेरै पसलहरु बन्द हुने र जाम पनि कम हुनेभएकाले नो पार्किङ्ग नहुने उपसमिति संयोजक घिमिरेले बताए ।

बजारलाई सुन्दर बनाउने र पैदल यात्रीहरुलाई यात्रामा सहज हुने हेतुले ठूला सवारीहरु, स्कुल बसको पार्किङको लागि एक हप्ता भित्र निर्णय गरि कार्यान्वयन गरिने बागलुङ नगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक ध्रुवबहादुर केसीले जानकारी दिए ।