ताजा समाचार

जेठ ९ गते २०७६

मुस्ताङ : ३ स्थानीय तहका ५ सय २८ आँखाका बिरामी मध्ये ३० जनाको शल्यक्रिया

तिलगंगा आँखा प्रतिष्ठान केन्द्र काठमान्डौका आयोजना तथा जिल्ला सामूदायिक आँखा केन्द्र मुस्ताङको समन्वयमा बुधबार जोमसोम अस्पतालमा भएको आँखा शिविरमा ३ स्थानीय तहका ५ सय २८ आँखाका बिरामी मध्ये ३० जनाको शल्यक्रिया भएको छ।
प्रतिष्ठानद्धारा जोमसोममा भएको पहिलो चरणको बृहत आँखा शिविरमा मुस्ताङको तल्लोक्षेत्रका ३ स्थानीय तहका सेवाग्राहीले स्वास्थ्य लाभ लिएको मुस्ताङ सामुदायिक आँखा केन्द्रकी संयोजक रुमिला नेपालीले जानकारी दिईन् ।उनका अनुसार बुधबार भएको शिविरमा ३० जनाको आँखाको मोतियाबिन्दुको निःशुल्क अप्रेशन र ४ सय ९८ जनाको निःशुल्क आँखा जाँचको भएको बताईन् ।उनले आँखाका बिरामी तथा अप्रशेनको संम्पूर्ण खर्च तिलगंगा प्रतिष्ठानले निःशुल्क गरेको जनाईन् ।


संयोजक नेपालीले पहिलो चरणको आँखा शिविर उत्साहजनक सहभागीतका साथ सफल भएको र शुक्रबार उपल्लो मुस्ताङको चराङमा दोश्रो आँखा शिविर संञ्चालन हुँने जानकारी दिईन् ।जोमसोममा भएको आँखा शिविर संञ्चालनमा नेपाल रेडक्रस सोसाईटी मुस्ताङ शाखा, जुनियर रेडक्रस र जोमसोम महिला समुहले सहयोग गरेको थियो ।


तिलगंगा आँखा प्रतिष्ठान केन्द्रले मुस्ताङमा बर्सेनि आँखा शिविर संञ्चालन गर्दै आईरहेको छ ।यसपालि प्रतिष्ठानकी कार्यकारणी अधिकृत एंव वरिष्ठ नेत्र रोग बिशेषज्ञ डा. रिता गुरुङसहित ५ जनाको चिकित्सक टोली मुस्ताङ आएको हो ।


तिलगंगा प्रतिष्ठानले भौगोलिक रुपमा विकट मानिएका दुरदराजका जिल्लाका आँखाका बिरामीहरु जो सुगम स्थानमा पुगेर सेवा लिन बञ्चित बिरामीलाई यसप्रकारको सेवा प्रवाह गर्दै आईरहेको वरिष्ठ नेत्र रोग बिशेषज्ञ रिता गुरुङले जानकारी दिईन् ।उनका अनुसार प्रतिष्ठानले यसपालि मुस्ताङमा करिव १ हजार भन्दा बढी आँखाका बिरामीको सामान्य चेकजाँच र करिव ५० जना भन्दा बढीको शल्यक्रिया गर्ने लक्ष्य रहेको जानकारी दिईन्।


भोली १० गते चराङमा आँखा शिविर हुँने प्रतिष्ठान बाह्य कार्यक्रम बिभागका नाम्खेन लामाले जानकारी दिए ।टोली शिविरका लागि उपल्लो मुस्ताङ प्रस्थान गरेको छ ।प्रतिष्ठानले स्थानीय सरोकारवाला निकायहरुको समन्वयमा आँखा शिविर संञ्चालन गर्दै आईरहेको लामाले बताए ।