ताजा समाचार

जेठ ८ गते २०७६

सडेगलेको अवस्थामा बेवारिसे शव फेला

तनहुँमा एक बेवारिसे शव फेला परेको छ । म्याग्दे गाउँपालिका–४ घुम्तीमा नाम, वतन नखुलेको पुरुषको शव फेला परेको हो।

घुम्तीको खेतमा पानी लगिएको नहरबाट वेवारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीका अनुसार करिब ३५/४० वर्षीय पुरुषको शव मंगलबार साँझ खेतबाट निकालिएको छ।

उनको बारेमा केही पनि नखुलेकाले मारेर फालिएको हो वा मापसे गरेको अवस्थामा पानी परेर बढेको नालामा परेर मृत्यु भएको भन्ने यकिन गर्न अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताए । उनका अनुसार पानीमा फुलेको र सडेको अवस्थामा रहेको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।