गण्डकी प्रदेशका विभिन्न जिल्लाका खानेपानी आयोजनाहरुको अनुगमन


पालुङ्टार ४ गोरखामा संचालित वोहोरागाउँ ग्रामिण खानेपानी उपभोत्ता समितिका पदाधिकारीहरुले विभिन्न खानेपानी आयोजनाहरुको अनुगमन गरेको छ ।

उक्त समितिका पदाधिकारी सहित अनुगमन तथा मुल्यांकन समिति र खानेपानी आयोजनामा कार्यरत प्राविधिकहरुले गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका सफल खानेपानी आयोजनाहरुको अध्यायन अनुगमन भ्रमण गरेको हो ।

समितिका अध्यक्ष सरोज देवकोटाको नेतृत्वमा हिँडेको उक्त टोलीले तनहुँको आवुँखैरेनी खानेपानी आयोजना र नवलपुर स्थित कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको अध्यायन अवलोकन गरेको छ ।

निर्माणाधिन अवस्थामा रहेको वोहोरागाउँ खानेपानी आयोजनालाई कसरी व्यवस्थित गर्ने र गुणस्तरीय पानी वितरण गर्ने भन्ने वारे जानकारी लिन विभिन्न सफल खानेपानी आयोजनाको अवलोकन गरिएको समितिका अध्यक्ष सरोज देवकोटाले जानकारी दिनुभयो ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं