ताजा समाचार

जेठ १० गते २०७६

समाजिक अभियान्ता अनिलको पहलमा मृगौला पिडितलाई आर्थिक रकम सहयोग

सहकार्य र सहयोजनामा गरिएको सामुहिक कार्यले सकरात्मक परिणाम अवश्य पनि पाउन सकिन्छ भन्ने उदाहरण “मगरसंसार फोटो ग्यालेरी पेज” र “मगर संसार फोटो ग्यालेरी ग्रुप पेज” ले प्रमाणित गरेको छ ।

विगत दुई बर्ष देखि दुबै मृगौलाले काम गर्न छाडेपछि मासिक एक लाख खर्च गरेर उपचार गराउदै आएकी कल्पना पुनमगरलाई समाजिक अभियान्ता अनिल थापामगरको मुख्य सक्रियतामा विभिन्न देशबाट संकलन गरिएको उक्त रकम कल्पनालाई सहयोग गरिएको छ ।

सामाजिक अभियान्ता तथा मगर संसार फोटो ग्यालेरी पेजका संस्थापक अनिल थापामगरको मुख्य सक्रियतामा संकलित १ लाख ५१ हजार ३ सय रकम कल्पनाको परिवारलाई हस्तान्तरण गरिएको हो ।

सामाजिक सञ्जाल “मगरसंसार फोटो ग्यालेरी पेज” पेज २ वर्ष पुगेको अवसर पारि १ हप्ताको अवधीमा कल्पना र सुयाना बचाउ अभियान सञ्चालन गरि कुल ३ लाख दुई हजार ६ सय रकम संकलन भएको थियो । विगत केहि वर्षदेखि ब्रेन ट्युमर भएर उपचारत तनहँ भिमादका १४ बर्षिय सुयाना थापामगर र म्याग्दी मालिकाकी १२ बर्षिया कल्पना पुनमगर दुबैजना पिडितलाई आधा आधा छुट्याईएको थियो ।

कल्पनालाई संकलित सहयोग रकम हस्तान्तरण गरेलगत्तै सुयानालाई हस्तान्तरण गर्नेक्रममा अभियान पुरा नहुदै ६ गते आईबार सुयानको निधन भएको छ । ‘दानीलाई हानी हुदैन’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानमा कोरियाबाट कुल १ लाख ५८ हजार ,जापानबाट ५३ हजार ३ सय र नेपाल तथा अन्य देशबाट ९१हजार ,२ दुई सय ९३ रुपैया गरि कुल ३लाख ,२ हजार ६ सय रकम जम्मा भएको थियो ।

फेसबुक पेजमा प्राप्त सहयोग अपिल मध्ये अत्यन्त्यै आर्थिक अवस्था कम्जोर भएका पिडितको अवस्था हेरेर कल्पना र सुयानालाई छनौट गरिको संस्थापक थापामगरले बताए । बाकी रहेको रकम केहि दिनपछि मृतक सुयानाको परिवारलाई हस्तान्तरण गरिने छ । गण्डकी हस्पिटल पोखरामा उपचारत कल्पनाको परिवार अहिले कास्की स्थित भरतपोखरी ३३ स्थित आफन्तकोमा अस्थाई बसोबास गर्दै आईरहेका छन् । कल्पनाको उपचारका लागी हालसम्म करिव १० लाख खर्च भईसकेको दैनिक ज्याला मजदुर गर्दै आईरहेका उनका बुवा विर बहादुर पुनले विरक्त पोखे ।

उनले डा. का अनुसार अव करिव २५ लाख भन्दा बढी आर्थिक रकम संकलन गर्नु पर्नेछ । कल्पनाका आमा सिता पुनले सवैजनामा आफ्नो छोरीको जिवन बचाई दिनको लागी अपिल समेत गरेकी छिन् । मृगौला पिडित कल्पनालाई सहयोग गर्न 9825142120 मा प्रत्यक्ष फोन गर्न सकिने र मुक्तिनाथ विकास बैक शाखा कार्यलय गगनगौडाको खाता नं. 00521600365190000001 मा पनि रकम संकलन गर्न सकिने उनका वावा विरबहादुर पुनले जानकारी दिए ।

मगर समुदायको भाषा,कलासंकृति,भेषभुषा,रहनसहन ,प्रतिभालाई संरक्षण तथा उजागर गर्ने र सम्पुण मगरहरुलाई एकतावद्ध गर्ने उद्धेश्यले विगत दुई बर्ष अगाडिदेखि सञ्चालन गरिएको उक्त पेजको सहारा लिएर सामाजिक अभियान्ता तथा पेजका संस्थापक थापामगरको सक्रियतामा देश देखि विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका थिए । दीनदुखि र असायहरुलाई साथसहयोग गर्न रुचाउने अभियान्ता थापामगर हाल दक्षिया कोरियामा छन् ।