ताजा समाचार

जेठ ९ गते २०७६

नगरपालिकाद्धारा अपांगता परिचय पत्र वितरण सुरु

तनहुँको शुक्लागण्डकी नगरपालिकाले अपांगता भएका व्यक्तिलाई परिचयपत्र वितरण प्रक्रिया सुरु गरेको छ ।

दुलेगौंडास्थित नगर स्वास्थ्य शाखामा बुधबारबाट पहिलो दिन वडा नम्बर १ देखि ७ सम्मका वडाका अपांगता भएका व्यक्तिको निवेदन र शारीरिक अवस्था जाँच गरिएको भने बाँकी ५ वडाका अपांगता भएका व्यक्तिको स्वास्थ्य परीक्षण बिहीबार गरिदै छ ।

कागजात पुगेका निवेदन, शारीरिक अवस्था, चिकित्सकको सिफारिस र परिचयपत्र वितरण कार्यविधिका आधारमा परिचयपत्र वितरण गरिने उपप्रमुख रसाइलीले जानकारी दिइन् ।

अपांगता भएका व्यक्तिको परिचयपत्र कार्यविधि २०७५ अनुसार यसअघि परिचयपत्र लिइसकेका व्यक्तिले पनि आगामी १ वर्षभित्र कार्यविधि अनुसार परिचयपत्र लिनुपर्ने उल्लेख छ । यसअघि महिला तथा बालबालिका कार्यालयले परिचयपत्र वितरण थियो । सरकारले अपांगता भएका व्यक्तिलाई ४ समूहमा विभाजन गरेको छ ।