ताजा समाचार

वैशाख २० गते २०७६

चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मुस्ताङमा

मुस्ताङमा एकपछि अर्को नेपाली चलचित्र छायाङ्क हुँने क्रममा चलचित्र ‘सम्हालिन्छ कहिले मन’ युनिट टोली शुक्रबार मुस्ताङ आएको छ ।यहाँ यस चलचित्रको करिव १० प्रतिशत छायाङ्कन हुने चलचित्रका निर्देशक सुदर्शन सुर्दशन थापाले जानकारी दिए ।


यसअघि मुस्ताङमै छायाङ्कन भएको चलचित्र प्रेमगीतको अपार सफलतापछि चर्चामा छाएका निर्दैशक सुदर्शन थापा ‘सम्हालिन्छ कहिले मन’को जम्बो टोलीका साथ छायाङ्कन गर्न मुस्ताङ आएका हुन् ।एसी ईन्टनेशलको ब्यानरमा निर्माण भईरहेको यस चलचित्रका निर्माता हुन् अमित बस्नेत ।झन्डै ३ करोड रुपैया लागतमा निर्माण भईरहेको यस चलचित्रको ९० प्रतिशत छायाङ्कन फ्रान्सको लन्डन र काठमान्डौमा संम्पन्न भएको निर्माता बस्नेतले बताए ।


बिशुद्ध प्रेमकथामा आधारित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को मुख्य भुमिकामा आकाश श्रेष्ठ र पुजा शर्मा छन् ।चलचित्रका नायक समेत रहेका आकाश श्रेष्ठले यसअघि रामकहानी र ब्ल्याकमा अभिनय गरिसकेका छन्,भने,चलचित्रकी नायिका पुजा शर्माले प्रेमगीत,म यस्तो गीत गाउँछु र रामकहानीमा अभिनय गरिसकेकी छिन् ।


चलचित्रका अन्य कलाकारहरुमा सरोज खनाल,धिरेन शाक्य,गौरी मल्ल छन् ।यसै चलचित्रमा पहिलो पटक डेम्भु गरेका कलाकार सोनम तोम्देन लामाको भूमिकामा देखा पर्ने भएका छन् ।उनलाई मुस्ताङकै स्थानीय लामाहरुको भूमिका दिईएको छ ।फुल डिजिटल सिनेमास्कोपमा निर्माधिन सम्हालिन्छ कहिले मनमा संम्वाद र गीत मात्र समाबेश गरिएको छ ।यसमा द्धन्दका दृष्य देख्न पाईने छैन ।


कुल ५ वटा गीत रहेको यस चलचित्रमा संगित अर्जुन पोख्रेल,ताराप्रकाश लिम्ब्ु र सुगम पोख्रेलको छ, भने पाश्र्वस्वर सुगम पोख्रेल,ताराप्रकाश लिम्बु,सुरेश लामा र अन्जु पन्तको छ ।
चलचित्रको लेखनमा महेश दवाडीले गरेका छन् भने छायाङ्कन सौरभ लामाले गरेका छन् ।मुस्ताङको जोमसोम क्षेत्र र उपल्लो मुस्ताङको लोमान्थाङक्षेत्रमा थप छायाङ्कन गर्ने योजना रहेको चलचित्र युनिटले जनाएको छ ।

मुस्ताङमा एकपछि अर्को चलचित्र छायाङ्कनले यहाँका पर्यटन प्रर्वद्धनमा सघाउ पू¥याउने स्थानीयको अपेक्षा छ ।केही वर्षअघि छायाङ्कन भएको चलचित्र कबड्डी कबड्डीले थासाङको नाउरिकोटलाई पर्यटकीय गन्तब्यका रुपमा चर्चामा ल्याएको थियो ।यस्तै मार्फा,टुकुचे र ढुम्बाताल जस्ता गन्तब्यलाई समेत यहाँ छायाङ्कन गरेका चलचित्रले चर्चामा ल्याएको हो ।मुस्ताङमा वर्षेनी आधादर्जन चलचित्रको छायाङ्कन हुँने गरेको पाईएको छ ।

मुस्ताङका ५ वटै स्थानीय तहले यहाँ छायाङ्कन गरिने चलचित्रको राजश्व शुल्क लिने गरेको छ ।गण्डकी प्रदेश सरकारले मनाङ र मुस्ताङलाई चलचित्र हबको रुपमा बिकास गर्ने लक्ष्य लिएकाले यस्ता चलचित्र छायाङ्कन हुनु स्वागतयोग्य भएको प्रदेश सांसद ईन्द्रधारा बिष्टले उल्लेख गरे ।