ताजा समाचार

वैशाख २० गते २०७६

मुस्ताङका पत्रकारले गरे पर्यटकलाई स्वागत

आज मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । नेपाल पत्रकार महासघको आह्वानमा देसका ७७ वटै जिल्लाहरुमा बिबिध कार्यक्रम गरि प्रेस स्वतन्त्रता दिवस मनाईदै छ । यस अवसरमा मुस्ताङका पत्रकारहरुले पनि पर्यटक स्वागत कार्यक्र्मको आयोजना गरेको छ ।

“लोकतन्त्र र शान्तिका लागि मिडिया:ईन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन” नारासहित नेपाल पत्रकार महासघ मुस्ताङ शाखाले पर्यटकलाई स्वागत गरेको हो । प्रेस दिवसका अवसरमा तारा एयरलाईन्स र समिट एयरलाईन्सको पहिलो उडानमा पोखरा देखि मुस्ताङको जोमसोम आएका तेश्रो मुलुकका पर्यटक,भारतिय पर्यटक र आन्तरिक पर्यटकलाई पत्रकार महासघ मुस्ताङ शाखाका पदाधिकारी तथा अन्य पत्रकारहरुले खादा र फूलले स्वागत गरे ।

बिहान ७ बजे अवतरण भएको २ वटा बिमानका पाहुना पर्यटकलाई स्वागत कार्यक्रम गर्न जोमसोम बिमानस्थलका कर्मचारि र सुरक्षाकर्मिले सहयोग गरेका थिए । सो अवसरमा महासघ मुस्ताङ शाखाका अध्यक्ष्र सुन्दरकुमार थकालीले जोमसोम ओर्लिएका पर्यटकलाई प्रेस स्वतन्त्रता दिवसको बारेमा जानकारी गराएका थिए । उनले सरकारले प्रेसको दायर साघुरो पार्न खोजेको आरोप लगाउदै बिधुतिय कारोबार एन खारेज गर्नुपर्ने उल्लेख गरे ।

” पत्रकार जवाफदेहि गराउने तेश्रो आँखा हो,नागरिक्लाई सुसुक्षित गर्ने धर्म हो, उनले भने,” आज प्रेस दिवसका अवसरमा गरिएको पर्यटक स्वागत कार्यक्रमले राम्रो सन्देस प्रवाह गर्नेछ ,हामिले हाम्रो आतिथ्यता पस्कन सकेमात्र हाम्रो पर्यटनको उचाई वृद्धि हुन्छ ।”

अमेरिकी नागरिक सनले मुस्ताङ जिल्ला साच्चैनै सुन्दर र मनोरम भएको बताए । उनले मुस्ताङ पहिलो पटक आउदा पत्रकारको स्वागत र आतिथ्यताले आफुलाई गौरवको अनुभूति महशुस भएको जनाए । उनले पत्रकारको प्रतिको जनआस्था वृद्धि गर्न यस्ता सुजनात्मक कार्य महत्वपुर्ण हुने उल्लेख गरे । भारत तामेलनाडुका पर्यटक रजनी मेहताले धार्मिक जिल्लामा पाईला टेक्दा पत्रकारको स्वागतले यहाको सकारात्मक परिचय खुलेको अनुभव सुनाईन । उनले पत्रकारलाई धन्यवाद दिदै समाज रुपान्तरणमा लाग्न सुझाईन ।

कार्यक्रममा मुस्ताङका एक दर्जन पत्रकारहरुको उपस्थिती रहेको थियो ।