महिला उद्यमीहरुको छाता संगठन नेपाल महिला उद्यमी महासंघले बुधबार मुस्ताङमा आफ्नौ ४३ औं जिल्ला शाखा बिस्तार गरेको छ । पूर्व सांसद श्रीमाया थकालीको समूउपस्थितीमा ११ सदस्य महिला उद्यमी महासंघ गठन भएको जनाईएको छ ।
घरपझोङ १ मार्फाकी उद्योगी सुकुन रसाईली अध्यक्षमा गठन भएको महिला उद्यमी महासंघ मुस्ताङको उपाध्यक्षमा कमला लालचन,सचिवमा दुर्गादेवी रसाईली र कोषाध्यक्षमा निर्मला भट्टचन छन् ।यस्तै,सदस्यमा मीमकुमारी शेरचन,मोहनकुमारी शेरचन,हिरा बिक,आईत थकाली,ज्ञानु थकाली,छिरिङ वाङ्मो थकाली, र पुसमाया लालचन छन् ।
नवगठित महिला उद्यमी महासंघ तदर्थ समितिलाई पूर्व सांसद श्रीमाया थकाली ,घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली,महिला उद्यमी महासंघ परियोजना संयोजक बिन्दु पौडेल ,महिला उद्यमी महासंघकी केन्द्रिय सदस्य तथा उद्यमी महासंघ काभ्रेकी अध्यक्ष लक्ष्मी खनाल र संस्थाकी सदस्य सोनी जोशीले बधाई तथा कार्यसफलताको सुभकामना व्यक्त गरे ।
नेपाली महिला उद्यमीहरुको क्षमता अभिबृद्धि ,व्यवसायिक प्रर्वधन ,बजारीकरण र सामाजिक र आर्थिक शसक्तिकरणका निम्ति महासंघ गठन भएको हो ।यसले महिला उद्यमीहरुको उद्यमशिलताप्रति अभिप्रेरित गर्दै महिलालाई शसक्त रुपमा उभ्याएर राष्ट्र निर्माणमा योगदान पु¥याउने रहेको संस्थाले जनाएको छ ।
यसअघि महासंघको कार्यबिधि माथि प्रकाश पार्दै संस्थाकी परियोजना संयोजक बिन्दु पौडेलले बिभिन्न दातृ राष्ट्र तथा नेपाल सरकारले प्रवाह गर्ने सहयोगमा महासंघले सेवा, सचेतना तथा सहजीकरण गर्दै आईरहेको उल्लेख गरिन् ।उनले महिला उद्यमी महासंघले उद्यमी महिलाको बृहत्तर हित र संगठित प्रयासलाई प्रतिनिधित्व गर्दै जिल्ला जिल्लामा यसको संञ्जाल तथा सदृढिकरणका लागि मुख्य केन्द्र रहेर काम गर्दै आईरहेको उल्लेख गरिन ।
उनले महासंघ शाखा बिस्तारपछि जिल्लाका महिलाहरुको समस्या ,चुनौति र समाधानका उपायमा महासंघले पहल गर्ने बताईन् ।उनका अनुसार महासंघ बिशुद्ध महिला उद्यमी प्रर्वधन र त्यसको उत्थानमा समर्पित रहेको जनाईन् ।‘देशभर निकै उत्साहपूर्ण रुपमा महिला उद्यमी एकिबद्ध गर्ने प्रयास बढिरहेको र केन्द्रिय महासंघमा १ सय २२ जना र ४३ जिल्लामा ३५ सय बढी सदस्य रहेको सुनाईन् ।
पूर्व सांसद श्रीमाया थकालीले मुस्ताङमा महिला उद्यमी महासंघको उपस्थितीले महिलाहरुको जिवनस्तरमा परिबर्तन आउने उल्लेख गरिन् ।उनले मुस्ताङ जिल्ला कृषि र पर्यटनले महत्वपूर्ण जिल्ला रहेको बताउँदै यहाँका महिलाहरु उद्यमीशिलताप्रति बढी जागरुक रहेको जनाईन ।सामूहिक र ब्यक्तिगत लगानी गरेका मुस्ताङका उद्यमीको समस्या र चुनौतिमा महासंघले शहजीकरण गर्ने भएका व्यापार प्रर्वद्धन र आर्थिक कर्जा प्रदान गर्दै यहाँका उद्यमीमा उर्जा ल्याउन महासंघको ध्यान जाने बताईन् ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली मुस्ताङ उद्यमशिलाको बिकासमा प्रचुर संम्भावना रहेको बताए ।यहाँका महिलाहरुलाई आर्थिक समृद्ध तुल्याउन स्थानीयतहले पनि कार्यक्रम ल्याईरहेको उल्लेख गर्दै अध्यक्ष थकालीले महासंघ आगमनपछि यसमा देखिने समस्यालाई महासंघले प्रतिनिधित्व गर्ने बिश्वाश प्रकट गरे ।उनले उद्यमी महिला शाखाले ५ वटै स्थानीयतहको डेटा संकलन गर्दै महिला उद्यमी उत्थान र बिकासमा सक्रिय रहन सुझाए ।
महासंघकी केन्द्रिय सदस्य लक्ष्मी खनालले संस्थाले जिल्लाका महिला उद्यमीलाई संगठित गर्ने ,भेला गर्ने,समस्या र चुनौतिलाई समधान गर्न आर्थिक श्रोतको निर्माण तथा उत्पादित बस्तुको बजारीकरण बातावरण सृजना गर्ने जनाईन् ।उनले महासंघले आवश्यक कागजात पेश गरेमा सीमित समयका लागि ६ प्रतिशत ब्याजमा बिना धितो ऋण उपलब्ध गराउने जानकारी दिईन् ।
नवगठित महिला उद्यमी महासंघकी अध्यक्ष सुकुन रसाईली जिल्लाका संम्पूर्ण महिला उद्यमीहरुको समस्या,चुनौति र व्यवसायिक प्रर्वद्धनमा आफु समर्पित रहने जनाईन ।पूर्व सासद श्रीमाया थकालीको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन परियोजना संयोजक बिन्दु पौडेलले गरिन् ।




