बागलुङको निसीमा ढुंगा लागेर वृद्धको ज्यान गयो

बागलुङको निसीखोला गाउँपालिका–२ बायाखोलास्थित एक वृद्धको माथिबाट खसेको ढुङ्गाले लागेर शुक्रबार साँझ मृत्यु भएको छ ।

घर नजिकैको बासघारीमा बाँस काट्ने क्रममा ६५ वर्षका बुद्धबहादुर कार्की अचानक माथिबाट आएको ढुङ्गाले लागेर गम्भीर घाइते भएका थिए। घाइते कार्कीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।