चौरीको रगत खान दैनिक ५ सय सर्वसाधारण

प्राकृतिक उपचार पद्यती अपनाउदै मुस्ताङको थासाङ बोक्सीखोलामा दैनिक ५ सयको संख्यामा रगत खानेको भीड लागेको छ ।धौलागिरी चौरीपालक पशुपालक समितिले सुरु गरेको रगत खाने मेलामा अहिले सम्म ३ हजार बेशीले रगत खाएका छन् ।


व्यक्तिगत रुपमा पालन गरिएको भएपनि सामुहिक रुपमा आयोजना गरिएको मेलाले आन्तरिक पर्यटकलाई पनि बढाएको हो ।शरिरको पेट संम्वन्धि दिर्घ रोगलाई निको पार्न भएकाले सर्वसाधारणको भीड लागेको समितिका अध्यक्ष गोबिन्द शेरचनले जानकारी दिए ।उनका अनुसार यसपटक रगतको मुल्य गिलासको ३ सय पु¥याईएको छ ।रगत खान आउनेका लागि वडाका बासिन्दाले टहरा बनाई होटल चलाएका छन् ।एक चौरीबाट २० देखि ५० गिलास सम्म रगत निकाल्ने गरिन्छ ।एक पटक रगत निकालिएको चौरीलाई दोहो¥याईदैन ।


उच्चलेकमा चौरीयाकले यार्सा ,निरमसी,जटामसी लगायतका जटीबुटी खाने भएकाले रगतप्रति बिश्वास बढेको हो ।मुस्ताङमा रगत निकालिने बिक्री गर्ने चलन पुरानो हो ।स्थानीयले मासु,प्रजनन,दुधको परिकार बनाएर बिक्री गर्ने भएकाले हिमाली जिल्लाको मुख्य व्यवसाय बनेको पशुपालक किसानहरुको भनाई छ ।यहाँ रगत खान नेपालका बिभिन्न भागबाट आएका छन् ।आएका बिरामी ३ दिन देखि सातादिन सम्म रगत खाएर फर्कन्छन् ।