उत्तर ÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना, कालिगण्डकी करिडोरको कोरला सडकका कारण यतिबेला स्वःभूपि शेरचनको पूख्यौली थलो थाक टुकुचेका २८ घर बिस्थापनको संघारमा छ ।करिडोर सडकको मापदण्ड परेपछि टुकुचेबासी चिन्तित बनेका हुन् । सडक बिकल्प प्रस्तुत गर्दै टुकुचेबासी अहिले गाउँ बचाउ अभियानमा जुटेको हो ।
झन्डै २ सय वर्ष पुरानो ऐतिहाँसिक भुपि गाउँमा कुल ३८ घरधुरी छन् ।करिडोर सडकले अहिले टुकुचेका ३ तिहाई घरलाई सडक मापदण्डले पिरोलिरहेको छ ।सडकले गाउँ पलायन हुनेभएपछि गाउँवासीले करिडोर सडकलाई प्रि सर्वेको माग गरे ।पुरोनो ऐतिहाँसिक पहिचान बोकेको गाउँ सुकुम्बासी गाउँबाट सुरुवात भएको उल्लेख गर्दै गाउँबासीले सडकमार्ग परिवर्तन नगरिए गाउँको अस्तित्वनै संकटमा पर्ने भन्दै करिडोर र सरोकारवालालाई बिन्ति बिसाए ।
उनीहरुले गौरवको आयोजना मुस्ताङबासीको लागि स्वागयोग्य भएपनि यसले बस्तीनै धराशयी हुने भएकाले अहिलकोे सडक ट््याकलाई हेरफेर गर्न सुझाएका हुन् ।उनीहरुले बस्ती संरक्षण गर्न अन्य २ वटा बिकल्प रहेकाले साविकको सर्वे परिबर्तन गर्न अनुरोध गरे ।
करिडोर सडक गाउँ बचाउ अभियान समितिले मंगलबार टुकुचेमा आयोजना गरेको गाउँ बचाउ कार्यक्रmममा स्थानीयले बस्ती संरक्षणका लागि पहल गर्न आग्रह गरे ।सर्वे हुन अगावै बस्ती पछाडीबाट सडक लैजान प्रक्रिया अघि बढाईएको भएपनि डिभिजन सडक बाग्लुङमा प्रक्रिया ढिलाई हुँदा समस्या उब्जिएकाले बस्ती बिस्थापित हुन अवस्था आएको गाउँबासीको दुखेसो छ ।
टुकुचे गाउँबासीले आयोजना गरेको अन्तरक्रियामा करिडोर सडकका ईन्जिनियर जगत प्रजापतिले सडक बिस्तारका कारण गाउँलाई पर्नसक्ने असरप्रति आफुहरु गम्भिर रहेको खुलाए । सडक सर्वे मन्त्रालय र बिभागको निर्णयले मात्र हेरफेर हुनसक्ने उल्लेख गर्दै ईन्जिनियर प्रजापतिले सर्वे डिजाईन परिवर्तन गर्दा सुरक्षित सडक र लागत रिपोर्ट पेश गर्नुपर्ने जनाए ।उनले बस्ती जोगाउन २ वटा बिकल्प भएकाले कुन बाटो अपनाउदा उत्तम हुने मन्त्रालयले मात्र निर्णय गर्नसक्ने बताए ।
गौरवको आयोजना २ खण्डमा काम भईरहेको र म्याग्दी,जोमसोम र लेतेमा रेखाङकन सम्पन्न भएको ईन्जिनियर प्रजापतिको भनाई छ ।
उनले टुकुचेमा बस्ती भित्र वा बाहिरबाट लैजाने भन्नेबारेमा करिडोरले थप अध्ययन थालेको जानकारी दिए ।उनका अनुसार करिडोरले २०७९ सालमा कोरला सडक सम्पन्न गर्ने लक्ष्य राखेको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पञ्चवर्षिय रणनीति अनुसार मालढुङ्गा ÷बेनी सडक कालोपत्रेलाई १ अर्ब बजेट माग भएको जानकारी दिए ।
प्रदेश सभासदस्य महेन्द्रबहादुर थकालीले कालिगण्डकी करिडोरको राष्ट्रिय गौरवको आयोजनाले मुस्ताङ लगायत प्रदेशको समृद्धि हासिल हुने बताए ।उनले आर्थिक र प्राविधिक हिसाबले सडक परिवर्तन गर्न अप्ठ्यारो नभए त्यस बिकल्पमा जान कुनै कठिनाई नहुने जनाए । करिडोर सडक बिस्तार महत्वपूर्ण भएको र सडक बिस्तारका क्रममा ऐतिहाँसिक सम्पदा र बस्ती संरक्षणमा ध्यान दिईनुपर्ने सुझाए ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले गाउँबाट प्रस्तुत सडक बिकल्पलाई मध्यनजर गर्न र यसको पहल थाल्न करिडोरलाई सुझाए ।उनले सडक ट््याक भएको बाटो स्थानीय र अन्यका लागि पनि हितकर नभएकाले यसको अन्य बिकल्पको अध्ययन गर्न आग्रह गरे ।बस्ती बाहिरबाट सडक लैजादा बस्ती संरक्षण हुने उल्लेख गर्दै प्रजिअ क्षेत्रीले यसबाट नदी कटानका समस्या हुल हुने उल्लेख गरे ।
पूर्व सहायक मन्त्री शुशिलमान शेरचनले बस्ती संरक्षण गर्न गाउँलेले बिकल्प प्रस्तुत गरेकाले यसका लागि अधिकतम पहल गर्न करिडोरलाई आग्रह गरे ।उनले बस्ती बचाउनका लागि स्थानीयको मर्म र भावनाको कदर हुने बिश्वास लिए ।थासाङ १ टुकुचेका वडाअध्यक्ष रत्नप्रसाद ज्वाहारचनले टुकुचे गाउँ सडक बिस्तारका कारण संकटमा परेकाले बस्ती बचाउ अभियानमा सबैपक्ष लाग्नुपर्ने जनाए ।
उनले पूर्वाधार बिकास जनताका लागि भएको तर जनतालाई उठिबास गर्ने गरी संरचना निर्माण हुन न्यायोचित नहुने तर्क गरे ।वडा र गाउँलेले सडक बिस्तारको बिकल्प दिएकाले यसतर्फ जोड दिन सरकारको ध्यानआर्कण गराए ।समाजसेवी पथबहादुर थकालीले लामो ईतिहाँस रहेको भूपि गाउँ बिस्तापित रहे थाक टुकुचेको पहिचान लोप हुने दुखेसो गरे ।यहाँका पुरातात्तिक घरहरु सांस्कृतिक सम्पती भएकाले यसको संरक्षण गर्न सरकारको दायित्व भएको औल्याए ।
वडाअध्यक्ष रत्नप्रसाद ज्वाहारचनको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन नरप्रसाद थकालीले गरेका थिए ।





