जोमसोममा फितलो बजार अनुगमन, टोली पुग्दा प्राय पसल बन्द

घरपझोङ गाउँपालिका वडा नम्बर ३ र ४ मा आईतबार बजार अनुमगन भएको छ ।पुथाङ एयरपोर्ट देखि जोमसोम काठेपुल सम्मका करिव १५ वटा खाद्य किनारा पसलमा अनुगमन गरिएको हो ।अनुगमन टोली बजार पुग्दा जोमसोमका प्राय पसल बन्द भएको पाईएको छ ।


मुस्ताङका सहायक प्रजिअ घनश्याम गौतमले अनुमगनमा अपेक्षा गरेअनुसार पू्रभावकारी नहुदा न्युन संख्यामा मात्र अखाद्य बस्तु भेटिएको बताए ।बिस्तारै अभिभावकमा आएको जनचेतनाका कारण पनि अखाद्य बस्तु कम फेला परेको उनको भनाई छ ।उनका अनुसार अनुगमनमा ५ हजार मुल्य बराबरको अखाद्य बस्तु नष्ट पारिएको उनले जानकारी दिए ।


जिल्ला प्रशासन कार्यालय ,घरपझोङ गाउँपालिका ,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बाग्लुङ र घरेलु तथा साना उद्योग बिकास कार्यालयका प्रतिनिधिले अनुगमन गरेका हुन् ।वडा ४ का वडाअध्यक्ष यमप्रसाद थकालीले स्थानीय तह र प्रशासनको समन्वयमा अनुगमन भएको बताए ।उनले बजारलाई चुस्त दुरुस्त राख्न सबैको समान दायित्व रहेको सुझाउदै आउदा दिनमा अनुगमनलाई थप तिब्रता दिईने उनले जनाए ।


‘पटक पटकको अनुगमन र सचेतनाले व्यवसायीमा जनचेतना बढेकाले यसपटक अखाद्य बस्तु थोरै फेला परेको हो ।आजको बजार अनुगमन हुने सूचना सरोकारवालाले पत्तो पाएपछि कतिपय पसल बन्द भए ।’


स्थानीय तह र प्रशासनको टोलीले पुथाङ एयरपोर्ट र जोमसोमक्षेत्रको होटलहरुलाई अनुगमन नभएको वडा अध्यक्ष थकालीको बताए ।


चैते दशै र औशी तिथिपछि गरिएको यसप्रकारको बजार अनुगमन बेमौसमको फल भएको सरोकारवालाको भनाई छ ।उनीहरुले पर्यटकीय सिजन तथा महत्वपुर्ण चाडपर्वमा बजार अनुगमनलाई तिब्रता दिईनु पर्ने जनाएका छन् ।