शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ मुस्ताङका अध्यक्ष राजुप्रसाद श्रेष्ठले सोमबार एक प्रेष बक्तब्य प्रकाशित गर्दै महासंघप्रति लगाईएको आरोप तथ्यहिन र गैरजिम्मेवार भएको बताएका छन् ।
अध्यक्ष श्रेष्ठद्धारा हस्ताक्षरित बिज्ञप्तीमा महासंघप्रति लगाएका यस्ता बदनियतपूर्ण तथ्यहिन आरोपले आफु बिचलित नभएको र संम्पूर्ण शिक्षकहरुलाई संयमित भईदिन आग्रह गरे । नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव कर्ण थकालीले दिएको अभिब्यक्ति र आरोपले आफ्नो गम्भिर ध्यानआर्कण भएको अध्यक्ष श्रेष्ठले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।उनले कपोलकल्पित र तथ्यहिन अभिब्यक्तिमा कुनै सत्यता नभएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले आफु माथि लगाईएको आरोपको पूष्टि गरेर देखाउन आग्रह गरे ।
शिक्षकहरुको हकअधिकारका लागि जिल्लाका सबै शिक्षक एकिबद्ध रहन आवश्यक भएको बताउँदै बिज्ञप्तीमा उनले महासंघप्रति लगाईएका यस्ता लान्छनाले संम्पूर्ण शिक्षकहरुको मनोबल र संगठन कमजोर बनाउने जनाए ।
अध्यक्ष श्रेष्ठले बिज्ञप्ती यस्ता गलत र मनोबैज्ञानिक आरोपले महासंघ बिचलित नहुने दावी गर्दै आफु महासंघको मर्म र भावनालाई आत्मसाथ गर्दै अघि बढ्न तयार रहेको बिज्ञप्तीमा उल्लेख छ ।शिक्षकहरुको पेशा र अधिकार अनि अप्ठ्यारो परेका बेला शिक्षकहरुको समस्या हल गर्न कटिबद्ध भईरहेको र गुट र फुटको चिन्तनले महासंघ र शिक्षकहरुको अधिकार कुण्ठित हुँदै जाने उनको भनाई छ ।




