गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले उत्तरी कोरलानाकालाई विश्वकै नम्बर वान भू–बन्दगाहको रुपमा बिकास गरिनुपर्ने सुझाएका छन् ।नयाँ वर्ष २०७६ सालको उपलक्ष्यमा उनले आफ्नो फेसबुकवालमा यस्तो लेखेका हुन् ।
०७५ सालको उत्तराद्धमा सरकारका केही निर्णयले आशाको संञ्चार जगाएको उल्लेख गर्दै सांसद बिष्टले यसका लागि राज्यका तीन तहका सरकारले चाँसो दिनुपर्ने बताए ।उनले बहुचर्चित कोरलानाकामा प्रधानमन्त्री केपी शर्मा ओली र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको समेत अवलोकन भईसकेको उल्लेख गर्दै गर्दै अब शिघ्र नाका संञ्चालन गर्न चीन संग कुटनितिक संम्झौतामा ढिलाई हुन नहुने जनाए ।
भौगोलिक रुपले समथर र पानीको समेत श्रोत भएको जानकारी दिदै सांसद बिष्टले कोरलाक्षेत्र पोखरा भ्याली भन्दा पनि फराकिलो रहेकाले पूर्वाधार निर्माणमा कुनै समस्या नहुने फेसबुकमा लेखेका छन् ।उनले बिज्ञ तथा सरोकारवाला निकायलाई विश्वका अन्य बिकशित भु–बन्दगाहको अध्ययन गरेर ऐतिहाँसिक प्रारम्भिक कार्यमा साथ र सहयोगगरी समृद्ध नेपाल ,सुखी नेपालीको माग जोड्न आग्रह गरे ।
सांसद बिष्ट उपल्लो मुस्ताङको प्रदेश क बाट निर्बाचित सांसद हुन् ।सरकारले उत्तरी कोरलानाकाको जग्गा व्यवस्थापनको प्रकृया अघि बढाईसकेको र सडक संञ्जाल बिस्तार भईरहेकाले कोरलानाका संञ्चालन हुनेमा सांसद बिष्ट ढुक्क छन् ।उनले नाका संञ्चालनले मुस्ताङको मात्र नभई समग्र गण्डकी प्रदेशको समृद्धिको ढोका उघ्रिने लेखेका छन् ।





