साविकको जिल्ला प्रशासन कार्यालय भवनको संरचना मासेर नयाँ कार्यालय भवन निर्माण हुँदैछ ।नेपाल सरकार गृह मन्त्रालयले चालुवर्ष बिनियोजन गरेको ३ करोड ५६ लाख बजेट मार्फत सुविधा संम्पन्न प्रशासन भवन निर्माण गर्नेकार्य अघि बढेको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
३ तले आधुनिक शैलीमा निर्माण गरिने उक्त पक्की भवन बनाउने जिम्मा सन्तकिरात जेभीले लिएको हो ।भौगोलिक हिमाली जिल्ला भएकाले चिसो थेग्न सक्नेगरी भवनको भित्र भागमा काठ र माटोको प्रयोग गरिने र बाहिर सिमेन्ट ढलान आदीले निर्माण गर्ने योजना रहेको प्रजिअ क्षेत्रीले खुलाए ।तीन तले भवनको निर्माण सम्झौता अवधि १८ महिनाको छ ।तर,हिउँदयामको मौसममा चिसो र हिउँ पर्ने भएकाले केही महिना लम्बिने सक्ने प्रजिअ क्षेत्रीले जनाए ।
निर्माण गरिने प्रशासन भवनमा करिव डेढ दर्जन कोठा हुनेछ ।जसमा बैठक कोठा,प्रजिअ क्वाटर,नागरिकता फाँट,प्रशासन फाँट,चलानी फाँट,नागरिकता प्रतिलिपी कक्ष,राहदानी फाँट,प्रजिअ कक्ष,सप्रजिअ कक्ष,लेखा फाँट,स्टोर कोठा,कम्यूटर कक्ष र स्थनपानकक्ष लगायतका पूर्वाधार निर्माण हुने जनाईएको छ ।भवन निर्माण गर्दा प्रशासन परिसरको स्याउँका रुख नमासिने गरी काम हुने प्रजिअ क्षेत्रीले जनाए ।
साविक प्रशासन भवनको प्रै संरचना अहिले डोजर लगाई भत्काईएको छ ।भवन भत्काई नयाँ संरचना निर्माण गर्नु परेकाले प्रशासन कार्यालय साविक जिल्ला प्राविधिक कार्यालयमा सरेको छ ।





