गण्डकी सेरोफेरो

बाल उद्धार विकास केन्द्रको अध्यक्षमा गोमा

पोखरा महानगरपालिका वडा नं. ४ स्थित बाल उद्धार विकास केन्द्रको अध्यक्षमा गोमा कोइराला सुवेदी चयन भएकी छन् । उनले यसअघि गोमा गोदार नेतृत्वको टिममा उपाध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् । उनले सिद्धार्थ टोल विकास संस्था लगायत संघसंस्थाको नेतृत्व गरिसकेकी छन् । बाल केन्दै सञ्चालनमा पनि उनको भूमिका महत्वपूर्ण रहेको वडा कार्यालयले जनाएको छ । केन्द्रको उपाध्यक्षमा विष्णु कोइराला, सचिवमा सविता पराजुली, सहसचिवमा रञ्जिता बाँस्तोला, कोषाध्यक्षमा दुर्गादेवी लामिछाने छन् भने कार्यसमिति… पुरा पढौ

मुस्ताङका १८ स्कुललाई समान २ लाख

मुस्ताङका ५६ सामुदायिक बिद्यालय मध्ये १८ वटा सामुदायिक स्कुलले समान २ लाख सहयोग पाउँने भएका छन् ।अमेरिकी सहयोग नियोग संस्था यूएसआईडीले ईजिआरपिका लागि सहयोग गरेको हो । रिसर्च ट्राई ईन्टिच्युटले ईजिआरपी प्राविधिक कार्यको जिम्मा लिएको जनाईएको छ ।रिसर्चले नेपालमा ईजिआरपी लागु भएका जिल्लामा रकम पठाउने भएको हो ।कक्षा १ देखि ३ कक्षा सम्म पढ्ने बालवालिकाको पठनशीप बिकासका लागि रकम उपलब्ध गराईने जनाईएको छ ।जसमा कक्षा कोठा छापायुक्त बनाउने, शैक्षिक सामाग्री… पुरा पढौ

पैसा भए छोरी बचाउन सक्थे…

अध्ययन, रोजगारीका लागि व्यस्त रहनुपर्ने २२ वर्षीया युवती मृत्युसँग जुधिरहेकी छन् । फोक्सोमा पानी जमेर पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएकी सन्तु पोखरेल अस्पतालको श्ययाबाट बलिन्धारा आँशु निकाल्दै आफूलाई बचाउन मनकारी व्यक्ति र अदृश्य शक्तिसँग पुकारा गरिरहेकी छन् । म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराकी सन्तु अहिले जीवनमरणको दोसाँधमा अस्पतालको श्ययामा छट्पटाइरहेकी छन् । दुई वर्षअघि मुटुमा प्वाल परेर शल्यक्रिया गरेपछि केही समय हाँस्दै, मुस्कुराउँदै भविष्यको सपना देखेकी यी युवतीको अहिले फोक्सोमा पानी… पुरा पढौ

निर्माणाधिन पुलको डिजाईन परिवर्तन !

गतवर्षको कालिगण्डकी नदी कटानले प्रभावित निर्माणधिन छयो मोटरबल पुलको अन्ततः डिजाईन परिवर्तन हुँने भएको छ ।वर्षातको मौसममा नदीको उच्च बहावका कारण छयो गाउँतर्फको निर्माणधिन पुलको फाउन्डेसन बिम लस्कन थालेपछि निर्माणधिन अवस्थाको पुल जोखिममा परेको हो । संघीय प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनका अनुसार निर्माणधिन छयो मोटरेबल पुलको नयाँ डिजाईन एक महिना भित्र तयार हुँने जानकारी दिए ।अहिलेको अवस्थामा पुल निर्माण गर्दा दिर्घकालिन नहुने देखिएकाले बन्दै गरेको पुलको डिजाईन परिमार्जन गर्ने… पुरा पढौ

उपल्लो मुस्ताङ जाने सडक खुल्यो

उपल्लो मुस्ताङ जाने सडक मंगलबार देखि खुलेको छ ।लामो समय देखि अवरुद्ध सडक खुलाईए संगै उपल्लो मुस्ताङ अन्तर्गत कोरला,लोमान्थाङ र दामोदरकुण्ड यात्रा सहज भएको छ उपल्लो मुस्ताङको मोटर जाने सडक हिउँदयाम पुरै जाम महिना बन्द रह्यो ।पछिल्लो समय जोमसोम ÷कोरला सडकको समर÷ भेनामा हिउँ जमेर बरफ बनेपछि सडक आवागमन सुचारु हुन सकेको थिएन । उपल्लो मुस्ताङमा करिव ३ दर्जन भाडाका सवारी साधनले सेवा दिईरहेको छ । अवरुद्ध सडक खुलाईए संगै… पुरा पढौ

स्याउ फलाउँदै गोरखाका भूकम्प पीडित

गोरखाको धार्चे गाउँपालिकामा सामूहिक स्याउ खेती गरिने भएको छ । धार्चेको उचाइ र हावापानी व्यावसायिक स्याउ खेतीका लागि उपर्युक्त मानिन्छ । गण्डकी प्रदेशको सहयोगमा भूकम्प पीडितको जीविकोपार्जनका लागि स्याउ खेती गर्न लागिएको हो । केही दिनअघि धार्चे पुगेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले कृषकलाई विरुवा हस्तान्तरण गरी सामूहिक स्याउ खेतीको सुरुआत गरेका हुन् । ‘भूकम्प पीडितलाई सघाउन गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यो कार्यक्रम दिएको हो’,… पुरा पढौ

मुस्ताङका बालवालिकामा भाईरलको संक्रमण

मौसम परिवर्तन भएसंगै मुस्ताङका अधिकाँश बालवालिकामा यतिबेला भाईरलको बिभिन्न प्रकोप देखिन थालेको जनाईएको छ ।जिल्ला अस्पताल जोमसोमको एकसाताको रेकर्ड अनुसार १ सय २० जनालाई भाईरलको प्रकोप देखिएको अस्पताल श्रोतले जनाएको छ । चिसो मौसमको समाप्तै र गर्मीयामको सुरुआत भईसकेकाले भाईरलको प्रकोप बढेको अस्पतालका मेडिकल अधिकृत प्रकाश नेपालीले जानकारी दिए ।उनका अनुसार २ वर्षदेखि ५ वर्ष उमेरका बालवालिका यसप्रकारको प्रकोप देखिएको बताए । अस्पतालमा ल्याएका धेरैजसोलाई ज्वरो ,रुघाखोकी,जीउ लत्रथ्क गल्ने,टोलाउने ,लाटो… पुरा पढौ

चट्याङले ल्यायो यस्तो विपत्ति

कास्कीको रुपा गाउँपालिका ५ काफ्लेडाँडाका चट्याङ परेका बेला घरको बिजुलीको मिटर बक्स पड्किँदा ३ जना घाइते भएका छन् । घटनामा भगवती सुनार, शान्ति नेपाली र सुमीना कुमाल घाइते भएका हुन् । काफ्लेडाँडाका पुष्प कुमालको घर नजिकै पीपलको रुखमा चट्याङ परेको थियो । २० वर्षीया भगवती भगवती सुनार र १९ वर्षीय शान्ति नेपालीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने पोखरा ३० की ११ वर्षीया सुमीना कुमालको गण्डकी मेडिकल कलेजमा… पुरा पढौ

मुस्ताङमा प्रभुको ४ ठाउँमा शाखा रहित बैकिङ

हिमाली जिल्ला मुस्ताङका बिभिन्न स्थानमा प्रभु बैङ्कले शाखा रहित बैङ्किङ कारोबार सुरु गरेको छ ।स्थानीय जनताको सुविधा तथा बैकिङ पहुँच बढाउन सेवा बिस्तार गरेको जनाएको छ । प्रभुले गत बिहिबार र शुक्रबार जिल्लाका ३ स्थानीयतहको ४ ठाउँमा सेवा फराकिलो पारेको जनाएको छ ।बैङ्कका अनुसार थासाङ गाउँपालिकाको लेते र टुकुचे,घरपझोङ गाउँपालिकाको मार्फा र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा शाखा रहित सेवा प्रवाह सुरु गरेको बताएको छ ।बैङ्कले शाखा रहित सेवा संञ्चालन गर्न… पुरा पढौ

मुस्ताङको छेङ्गुरमा पर्वतीय खेल तालिमकेन्द्र बन्ने पक्का

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ छेङ्गुर उपयुक्त हाईअल्टिच्युड पर्वतीय तालिमकेन्द्र भएको बताएका छन् ।आईतबार मुस्ताङ आएका गुरुङले यसको निधो गर्न मुस्ताङ आएको आएको बताए । मुख्यमन्त्री गुरुङले आ.व. ०७५÷०७६ को कार्यक्रम अनुसार प्रदेशले उच्च उचाईको पर्वतीय खेलकुद तालिमकेन्द तथा स्टेडियम आदी स्थापना गर्ने लक्ष्य रहेको जनाए ।यसअघि केही जिल्लामा यसको अध्ययन गरेको र यसको उपयुक्त पूर्वाधार यही भएको मुख्यमन्त्री गुरुङले सुनाए ।उनले ठुलो लागतमा बन्ने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं